News

पार्टी सार्वजनिक भईसक्दा पनि विप्लवका निर्णय र गतिविधि किन गोप्य

पार्टी सार्वजनिक भईसक्दा पनि विप्लवका निर्णय र गतिविधि किन गोप्य

नेकपा माओवादी विप्लव समूहले अझै पनि आफ्ना कार्यक्रम गोप्य ठाउँमा गर्दै आएको छ । उसले खोटाङ्ग जिल्ला कमिटीको बैठक जिल्लाको अनकण्टार ठाउँ निर्मली डाँडामा बोलाएको छ । बैठक गोप्य रुपमा आयोजना गरिएको बताइन्छ ।

विप्लव माओवादीको जिल्ला कमिटी बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९, निर्मलीडाँडामा बसेको हो । हिजो दिउँसो बसेको बैठक साँझ सकिएको बताइन्छ ।

५ घण्टा लामो बैठकमा सगरमाथा इञ्चार्ज चन्द्रबहादुर बुढाथोकी (शैलेस), जिल्ला इञ्चार्ज जीवन राई,जिल्ला सेक्रेटरी सञ्जिव मगर, जगवीर राई (जनपरिषद् प्रमुख तथा खोटाङ आथिक विभाग प्रमुख) चक्रबहादुर खत्री (सुदिप शर्मा), रविन राई (क्षेत्र नम्बर २ कमिटी सदस्य) खगेन्द्र राई (जिल्ला कमिटी सदस्य खोटाङ विद्यार्थी संघ इञ्चार्ज) लगायत डेढ दर्जनभन्दा बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

बैठकले पारित गरेको निर्णय भने हालसम्म सार्वजनिक नगरी गोप्य राखिएको छ ।
जनआस्था

नेत्रविक्रम चन्द विप्लव

विशेष