News

ओलीलाई नेपालको जवाफ– हामी योद्धा हौ, मैदान छोडेर भाग्दैनौं

ओलीलाई नेपालको जवाफ– हामी योद्धा हौ, मैदान छोडेर भाग्दैनौं

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै आफु मैदान छोडेर नभाग्ने वताएका छन् ।

आफ्नो समूह निकट अखिल फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफू विचारमा अडिग योद्धा रहेकाले मैदान छोडेर नभाग्ने बताए । ‘तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं,’ उनले भने, ’हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।’

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए । उनले अध्यक्ष ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल नगर्न चेतावनी दिए।

सर्वोच्च अदालतको फैसलाले देशलाई, लोकतान्त्रिक बाटोमा ल्याउने काम गरेको भन्दै उनले ठुलो पदमा हुनेहरु विनम्र नभएर घमण्ड गरे सकिने बताए।
 

माधवकुमार नेपाल

विशेष