News

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको खैजनपुर सिल

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको खैजनपुर सिल

कोरोना संक्रमणका कारण २५ दिनभित्र एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका २ को खैजनपुरलाई एक हप्ताका लागि ‘सिल’ गरिएको छ।

कोरोनाका कारण परिवारका २ पुरुष र १ महिलाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमण भई बिराटनगरमा उपचाररत रहेका ४२ वर्षीय पुरुषको २५ दिनअघि मृत्यु भएको थियो । सोही परिवारका अर्का ३८ वर्षीय पुरुषको ११ दिनअघि कोरोनाकै कारण मृत्यु भएको थियो । यसैगरी, गए राति सोही परिवारकी ४० वर्षीया महिलाको पनि मत्यु भएको हो ।

एकै परिवारका ३ जनाले ज्यान गुमाएपछि निषेधाज्ञा लागू गर्नु परेको वडाध्यक्ष खत्रीले वताए । मृतक महिलाका पतिलाई पनि संक्रमण भएको र टोलभित्र दर्जन बढी व्यक्तिहरु संक्रमित पाइएको उनले वताए । 

वडाले जिल्ला प्रहरी र प्रशासन कार्यालयको समन्वयमा वडाको बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमाभित्र आउजाउ ठप्प पार्ने गरी निशेधाज्ञा लागू गरेको हो।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ ।  यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबै बन्द गरिएको छ। 

उदयपुरमा सक्रिय संक्रमितको संख्या १ सय १४ महिलासहित २ सय ४६ छ। 

कोरोना संक्रमण त्रियुगा नगरपालिका एकै परिवारका ३ जना

विशेष