News

विश्वप्रकाश शर्मा ‘सिस्टर निर्मला’ को क्रिस्चियन मिसिनरीवाट सञ्चालित

विश्वप्रकाश शर्मा ‘सिस्टर निर्मला’ को क्रिस्चियन मिसिनरीवाट सञ्चालित

संविधानले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपनि धर्मका विषयमा लामो विवाद छ। राजनीतिक दलका सिमित नेताहरुको जोडवलमा आफनो जनमत अभिब्यक्त गर्न पाउने जनताको अधिकारलाई हनन् गरिएको र जनताले माग नै नराखेको विषयलाई चोरवाटोवाट संविधानमा छिराईएको भन्दै असन्तुष्टीहरु ब्यक्त भईरहेका छन् ।

नेपालको धार्मिक पहिचान मेट्न र साम्राज्यवादीहरूको धर्म, संस्कृति, भाषा एवम् व्यापार विस्तारका लागि केहि नेताहरुले षडयन्त्र गरेको अधिकांश नेपाली नागरिकको वुझाई छ। विदेशीहरुको दवावमा लादिएको यस विषयमा जनमत संग्रह गर्नु पर्ने र धर्म चुन्न पाउनु पर्ने नागरिकको अधिकार ग्यारेण्टी गर्नु पर्ने माग पछिल्लो समय वढिरहेको छ ।

धर्म नेपाली समाजमा संस्कार एवं संस्कृतिको रूपमा भावनात्मक स्तरमै गाडिएर रहेको देखेपछि त्यसलाई राजनीतिक मुद्दाको विषय बनाउने काम स्वार्थकेन्द्रित नेताहरूले गरे। त्यसपछि धर्मको विषय नेपाली समाजमा विवादको विषय बन्यो।

क्रिस्चियनको धर्मप्रचारक वन्दैछ कांग्रेस
जनआन्दोलनको बेला गणतन्त्रको नारा निर्बाधरूपमा सडकबाटै उठेको हो। धर्मनिरपेक्षताको विषय जनआन्दोलनको उजेण्डा होईन। जनआन्दोलनको हुलमूलमा संविधानमा धर्मनिरपेक्षता छिराएको मात्र हो । त्यसैले अहिले केहि राजनीतिक दल र कतिपय नेता  संविधानमा व्यवस्था भएका धर्म निरपेक्ष, गणतन्त्र र संघीयताका विषयमा जनमत सङ्ग्रहमा जाने बारे बहस गरिरहेका छन् ।

अहिलेको सत्तारुढ दल नेपाली काँग्रेसमै पनि धर्मको विषयमा एक मत छैन। कतिपय नेताहरु पछिल्ला राजनीतिक उपलब्धि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताइरहेका छन् भने महामन्त्री शशांक कोइरालालगायतका अधिकांश नेता जनताले चाहेमा यी विषयमा जनमत सङ्ग्रह गर्न डराउन नहुने बताउँछन् । केन्द्रीय सदस्य शङ्कर भण्डारी हिन्दूत्व नेपालको पहिचान भएकाले यस विषयमा पार्टीको धारणामा पुनर्विचार अत्यावश्यक रहेको बताउँछन्।

धर्मका विषयको यो विवाद कांग्रेसभित्र अझै वढ्ने देखिन्छ। धर्म प्रचारका लागि क्रिस्चियन देशहरुले नेपाली कांग्रेसमा लगानी वढाएपछि केहि नेताहरु अस्वभाविक रुपमा उँच–निच, जातभातलगायतका विषयमा अप्राकृतिक तर्क गर्न थालेको र हिन्दु धर्म विरुद्ध आक्रोस जगाउने काममा खटिएको श्रोतको दावी छ। श्रोतका अनुसार यो काममा सुनियोजित रुपमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई अगाडि वढाईएको छ ।

विश्वप्रकाश शर्मा कार्टर सेन्टरका स्टाफकै रुपमा काम गरिरहेको श्रोतको दावी छ । उनको मुख्य काम भनेकै अप्रत्यक्ष रुपमा हिन्दु धर्म विरुद्ध भावना जगाउने र धर्मान्तरणका लागि माहौल वनाउने हो । यसैका लागि पछिल्लो समय शर्मा टेलिभिजनको एउटा कार्यक्रमको वहानामा देश दौडाहामा लागेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार १९३४ मा राँचीमा जन्मेकी ‘सिस्टर निर्मला’ सँग विश्वप्रकाशको पारिवारीक सम्वन्ध छ। उनी नेपालवाट गएका व्राम्हण शैनिककी छोरी भएको पुष्टि समेत भईसकेको छ। मदर टेरेसाको उत्तराधिकारी मिसनरीज अफ चैरिटीको वरिष्ठ जनरलको जिम्मेवारीमा रहिसकेकी ‘सिस्टर निर्मला’ विश्वप्रकाशको ठुली आमा हुन् । 

१७ वर्षको उमेरमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्ममा लागेकी ‘सिस्टर निर्मला’ को निधन भईसकेको छ ।

शर्मा अप्रत्यासित रुपमा कांग्रेसको प्रवक्ता चुनिएका थिए। यहि अदृष्य शक्तिकै दवावमा योजनापुर्वक उनलाई कांग्रेसको प्रवक्तामा ल्याईएको वताईन्छ। 

को हुन् विश्वप्रकाश ?
विश्वप्रकाश शर्मा ६ पुष ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन् । सन् ०१४ मा उनी पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए।

पार्टीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक मानिने शर्मा अहिले पार्टीको प्रवक्ता छन् । २५ पुष ०७४ मा सभापति देउवाले विश्वप्रकाशलाई पार्टीको प्रवक्ता बनाएका हुन् । यसअघि कांग्रेस प्रवक्ताको रुपमा गगन थापाको नाम चर्चामा थियो । शर्मा प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका हुन् । 

कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मा ०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन् । शर्मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष समेत हुन् । 

शर्माले एक समय रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका थिए । उक्त कार्यक्रमका सम्पादक नै उनी थिए । कविता, गीत, कथा लेख्ने शर्मा संगीतकार पनि हुन । अहिले उनी कान्तिपुर टेलीभिजनवाट प्रशारण भईरहेको ‘ऐना’ कार्यक्रमका प्रश्तोता हुन ।

२६ एपिसोडको यो कार्यक्रम दि होराइजन मल्टी मिडियाले निर्माण गरेको हो । कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल छन । यहि कार्यक्रमको वहानामा शर्मा पछिल्लो समय हिन्दु धर्मको विरोध र क्रिस्चियन धर्मको प्रचारमा लागेको आरोप छ।

विश्वप्रकाश शर्मा सिस्टर निर्मला क्रिस्चियन मिसनरी कार्टर सेन्टर

विशेष