News

सुर्य थापा भन्छन्– ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिओैं 

सुर्य थापा भन्छन्– ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिओैं 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अव रोक्न नहुने सुझाव दिएका छन् । नेता नेपाललाई पार्टीमा एकताबद्ध हुन अब धेरै कर नगर्न आफ्ना नेताहरूलाई उनले सुझाव दिएका छन्। 

गल्ती स्वीकार गर्ने र भविष्यमा यस्ता गल्ति नदोर्याउने प्रतिवद्धता जनाउनुको सट्टा केपी ओलीको मातहतमा फर्कन नसकिने वताईसकेकाले उनलाई अब अलग हुनवाट नरोक्नु नै उत्तम हुने उनको भनाइ छ। 

‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नु त कहाँ हो कहाँ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् –‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिओैं, नरोकौं।’ 

यसअघि गत बुधबार एमाले अध्यक्ष ओलीले पार्टीभित्रको विवाद शनिबारसम्म वारपार गर्न महासचिव इश्वर पोखरेललाई निर्देशन दिएका थिए ।
 

सूर्य थापा

विशेष