News राजनीति

लडाकु दस्ता वनाएर कहिलेसम्म वजाउने पार्टी एकताको ढोल ?

लडाकु दस्ता वनाएर कहिलेसम्म वजाउने पार्टी एकताको ढोल ?

नेकपा एमालेमा पछिल्लो समय देखिएको विरोधापुर्ण क्रियाकलापका कारण एकता प्रयास असफलतातर्फ उन्मुख छ। एकातर्फ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने प्रयास भईरहेको छ भने अर्कोतर्फ एकअर्कालाई काउण्टर दिन लडाकु दस्ता तयार भईरहेका छन्।

दुवै पक्षमा देखिएको प्रतिशोधको राजनीति र द्वैध चरित्रका कारण मिलन विन्दु टाढिँदै गएको स्पष्ट छ । 

ओली पक्षले २९ असार ०७८ मा ‘युथ फोर्स’ ब्युँतायो । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ अन्तर्गतको युथ फोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भएका छन् । ०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरिएको थियो।

यसैगरी, ३१ असार ०७८ मा वरिष्ठ नेता नेपाल समूहले ‘अखिल फोर्स’ गठन गरेको छ । नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । 

तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरिएको जनाईको छ ।

नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरेको बताएका छन् । 

नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तेजोवधका गतिविधि वढिरहेका वेला अस्तित्वमा आएका यि संगठनको मुल उदेश्य भनेको नागरिकमा आफनो प्रभाव देखाउनु र एक अर्कालाई तर्साउनु नै भएको एमालेकै नेताहरु वताउँछन् ।

नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स दुवै संगठन भंग गर्न माग गरेका छन् । यस्ता कृयाकलापले पार्टी एकताको प्रयास बालुवामा पानीसरह बन्दै गएको नेताहरुको वुझाई छ ।

माधव नेपाल आफ्नो शक्तिशाली सरकार ढाल्ने मतियार बनेको निष्कर्षमा पुगेका ओली नेपाललाई पार्टीमा राख्ने पक्षमा छैनन्। नेता नेपाल पनि ओली अन्तर्गत रहेर वस्न नसकिने निस्कर्षमा पुगेको उनी निकटका नेताहरु वताउँछन् ।

एकातर्फ कतिपय सांसद÷नेताहरुले नेता नेपाललाई नयाँ पार्टी गठन गर्न र सरकारमा सहभागि हुन समेत उक्साई रहेका छन् भने ओली पक्षका नेताहरुले पनि अव माधव नेपाललाई रोक्न नहुने निस्कर्ष निकालीरहेका छन् । यस्तो अवस्थामा पार्टी एकताको ढोल कति दिनसम्म वझ्ला त्यो भने हेर्न वाँकी छ । 

नेकपा एमाले अखिल फोर्स केपी शर्मा ओली माधवकुमार नेपाल युथ फोर्स

विशेष