News

जनकपुरका अधिकांश स्थान डुबानमा

जनकपुरका अधिकांश स्थान डुबानमा

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । 

उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी ढुवानमा  परेका हुन् । स्थानीयका घरहरु मात्र नभएर कतिपय सरकारी कार्यालयहरू पनि जलमग्न छन्। हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति सहितको कार्यालय पनि जलमग्न छन्। उपमहानगरका तथा जिल्लाका अधिकांश क्षेत्रका सडकमा पानी जम्दा आवतजावतमा समस्या उत्पन्न भएको छ।  

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले  यहाँका सडक स्तरोन्नति गरिरहेको छ ।

ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।
(रासस)

विशेष