News

पहिरोसँग खसेको ढुङ्गाले लागेर २ जनाको मृत्यु

पहिरोसँग खसेको ढुङ्गाले लागेर २ जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङखोलामा पहिरोसँग खसेको ढुङ्गाले लागेर २ जनाको मृत्यु भएको छ ।

लगातारको वर्षासँगै आएको पहिरोसँगै खसेको ढुङ्गा काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि खसेको थियो । ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको छ।

पहिरोले ट्रकमै सवार सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो ।

पहिरोले ५ वटा गाडीमा क्षति पु¥याएको छ । उनका अनुसार बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पु¥याएको छ ।

ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजाकुमार घाइते भएका छन् ।

विशेष