News

सप्तकोसी नदीमा पानीको बहाव वढ्यो, सप्तरीवासीलाई पाईलट च्यानलको खतरा

सप्तकोसी नदीमा पानीको बहाव वढ्यो, सप्तरीवासीलाई पाईलट च्यानलको खतरा

सप्तकोशी नदीमा पानीको बहाव वढेको छ । लगातारको वर्षाका कारण कोसीको वहाव वढेको हो । पछिल्लो पटक गरिएको मापनमा पानीको वहाव २ लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ ।

ब्यारेज भएर २ लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । पानीको बहाव उच्च हुँदा ब्यारेजका संरचनामा क्षति पुग्न सक्ने जोखिम हुने गरेको छ ।

सन १९५४ को भारत र नेपालबीचको कोशी सम्झौताका अनुसार १९६२ सालमा ब्यारेज निर्माण गरिएको हो । निर्माणताका १२ लाख क्यूसेक पानीलाई नियन्त्रण गर्न सक्ने क्षमता भए पनि अहिले बालुवाले नदीको ‘बेस’ उकासेकाले क्षमतामा ह्रास आएको छ ।

ब्यारेजको क्षमता ६ लाख क्युसेक प्रतिसेकेण्ड पानीको वहाव थेग्न सक्ने अनुमान छ । तर विश्वकै उच्च बालुवा बोक्ने नदीमा पर्ने कोशीमा अहिले १ लाख ५० हजार क्युसेक पानीको वहाव पुुगे खतराको संकेत देखाइन्छ । पुलको दुवै तर्फ रातो झण्डा र रातो वत्ति वालेर खतराको संकेत गर्ने गरिएको छ ।

२०६५ भदौ २ गते कोशीको तटवन्ध भत्किदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो । ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किको अनुमान छ ।

वाढिले पुर्वी तटबन्ध भत्काउँदा सुनसरी  हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाबिस डुब्दा तीस हजार बढी घर परिवार विस्थापित भएका थिए। तर, बाँध भत्केको दुई वर्षपछि पानीको वहाव ३ लाख ३६ हजार क्युसेकसम्म मापन गरिएको थियो ।

कोशी नदीको पश्चिमतर्फको तटबन्धमा भारतीय पक्षले बनाएको प्यालट च्यानलका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठि कोईलाडी गाउँपालिकाका कतिपय स्थान डुवानमा पर्ने गरेका छन् ।
गत वर्ष जेठ १० गते साँझ च्यानलमा एक्कासी पानी छोड्दा नेपाल तर्फको हनुमाननगर कंकालिनी नगरपालिकाको गोेवरगाढाका १ सय २० परिवारलाई नेपालतर्फको भुभागमा आवतजावत गर्न समस्या भएको थियो । 

कोशीको भंगालो तरेर जानुपर्ने गोवरगाढामा दुई÷तिनसम्म सहज आवत जावत समेत नभएको स्थानीयहरु वताउँछन् ।

यसैगरी ०७५ भदौ १२ गते राती च्यानलमा पानी छोड्दा सप्तकोशी नदिको पानी गाउँ पसेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ गरी ४ सय ९३ र तिलाठि–कोईलाडि गाउँपालिकाको ४ र ५ गरी ३५ घरपरिवार प्रभावित भएका थिए ।

भारतले कोशी ब्यारेजभन्दा मुनि पाईलट च्यानल वनाएर पानी पश्चिमतर्फ फर्काएपछि सामान्य अवस्थामै पानी गाउँ पस्न थालेको स्थानीयहरु वताउँछन् । ३ लाख क्युसेक कोशीको वहावमा पनि गाउँ नपसेको पानी अघिला केही वर्ष सामान्य अवस्थामै गाउँ पसेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे । 

सप्तकोसी नदी प्यालट च्यानल

विशेष