News

जेठ २ मा फर्किने निर्णयले ओली समुहमा विग्रह, राष्ट्रपति समुह रुष्ट

जेठ २ मा फर्किने निर्णयले ओली समुहमा विग्रह, राष्ट्रपति समुह रुष्ट

वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाएर पार्टी एकता जोगाउन खोज्दा नेकपा एमालेको ओली समुह फेरी दुई टुक्रा भएको छ। 

पार्टीलाई ०७५ जेठ २ मा फर्काउने बिषयमा विग्रह भएपछि ओली समुह दुई टुक्रा भएको हो । वाहिर एउटै देखिएपछि अध्यक्ष केपी शर्मा ओली समुह र राष्ट्रपति विद्यादेवी भण्डारी समुहमा अहिले तानातानको अवस्था छ ।

भण्डारी समुहले पार्टीलाई कुनै हालतमा जेठ २ मा फर्काउन नहुने पक्षमा अडान लिएको थियो तर, ओलीले सोहि निर्णय गरेपछि त्यो समुह रुष्ट छ। यो समुहमासुबास नेम्वाङ, शंकर पोखरेल, बिष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, कर्ण थापालगायतका नेताहरु रहेका छन् । ओली समूहमा पनि यो गुटलाई पार्टी एकताबिरोधी भनेर चिनिने गरेको छ।

ओली समुहमा भने उपप्रधान, अर्थ तथा गृहमन्त्रीसमेत रहेका बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली, महेश बस्नेत, गोकुल बाँस्कोटालगायतको टिम छ। यो समुह पार्टी एकताका जोगाउनका लागि जेठ २ मै फर्कनु परेपनि अघि वढ्नु पर्ने निस्कर्षमा थियो । उनीहरुकै सल्लाह र अडानका कारण केपी ओली जेठ २ मा फर्कन वाध्य भएको वुझाई छ ।

प्रधानमन्त्री ओली दोस्रो पटक संसद बिघटनअघि नै जेठ २ मा फर्कने सोचमा थिए । पार्टीलाई जेठ २ मा फर्काएर एकता गरेर उनी बैशाख २७ मा बिस्वासको मत लिन चाहन्थे । यसो गर्दा पार्टीभित्रको १२१ संख्या र जसपाको महन्थ–राजेन्द्र समूहको सहयोगमा बिस्वासको मत प्राप्त हुने ओलीको वुझाई थियो । 

यसका लागि नेता वातावरण समेत वन्न सुरु भएर भाँडियो थियो । बिष्णु पौडेलले झलनाथ–माधब समूहका प्रभाबशाली नेताहरुसँग बसेर यस छलफल पनि गरेका थिए । अध्यक्ष ओली र झलनाथ–माधब समूह एक÷एक कदम पछि सरेर बिस्वासको मत दिने बारेमा सहमति खोज्ने प्रयास सुरु भएको थियो ।

तर, प्रधानमन्त्रीको सचिवालयवाटै यो कुरा चुहिएर राष्ट्रपति समक्ष पुर्याईयो । यसपछि बन्दै गरेको एकताको बाताबरण पनि विथोलेको ओली निकट नेताहरु वताउँछन् ।

बिष्णु रिमाल र सूर्य थापा थापा मार्फत पार्टी एकताको प्रयास भईरहेको कुरा राष्ट्रपति भण्डारीसमक्ष पुर्याए । त्यसलाई बिथोल्न सुबास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु सक्रिय रुपमा लागेको उनीहरु वताउँछन् ।

सोहि कारण ओलीले जेठ २ मा फर्कने निर्णय लिन सकेनन् । यसको असर ओलीले विश्वासको मत गुमाए । संसद बिघटनको केही दिनअघिबाट ओलीनिकट समूहले जेठ २ मा फर्कने बिषयमा झलनाथ–माधब समूहक नेताहरुसँग निरन्तर छलफल अघि बढायो । यसमा यही राष्ट्रपतिनिकट समूह हाबी भएर ओलीलाई पछि फर्कन दिएन ।

जसका कारण ओली संसद बिघटन गरेर पुनः प्रतिगमामी कदम चाल्न वाध्य भएको उनी निकट नेताहरु वताउँछन् ।

किन एकताको विपक्षमा छ राष्ट्रपति समुह ?
राष्ट्रपतिनिकट समूहका नेताहरु कुनै पनि हालतमा पार्टी एकताको पक्षमा छैनन । पार्टी एकता हुदा झलनाथ–माधब समूहमा रहेका प्रभाबशाली नेताहरुसँग आन्तरिक रुपमा प्रतिश्पर्धा गर्नुपर्ने सबभन्दा ठूलो डर उनीहरुमा देखिएको छ।

खासगरी झलनाथ–माधब समूहमा रहेका पछिल्लो पुस्ताका नेताहरुसँग उनीहरुको ठुलो संघर्ष छ । अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण बिष्ट, प्रकाश ज्वाला, भीम आचार्य, जगन्नाथ खतिवडा, राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्रीजस्ता नेताहरुसँग प्रतिश्पर्धा गरेर पार्टीमा नेतृत्वमा पुग्न नसकिने उनीहरुको वुझाई छ।

संगठनमा वलमिच्याई गरेर नेता वनेपनि जनसमर्थन नभएका कारण उनीहरु त्रसित छन् । 
टुरिष्ट नेताका रुपमा रहेका उनीहरु जसरी पनि नेपाल पक्ष चोईटियोस भन्ने चाहन्छन । माधव समुह निस्किए मात्र आफ्नो राजनीतिक भबिश्य असुरक्षित देखेका उनीहरुले जेठ २ मा फर्किए आफनो सर्वस्व गुम्ने वुझेका कारण अहिलेको समस्या आएको जनाईन्छ।

तर, विष्णु पौडेललगायतका नेताहरुका कारण ओलीले अप्रत्यासित रुपमा जेठ २ मा फर्किने निर्णय निर्णय गरेपछि उनीहरु भुटभुटिएका छन् । 

माधवकुमार नेपाल केपी शर्मा ओली विद्यादेवी भण्डारी

विशेष