भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग, सिफारिस नदिएपछि वडाध्यक्षमाथि आक्रमण
बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ स्थित मजखोरी माध्यामिक विद्यालयको भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग्दा नदिएपछि वडाध्यक्षमाथि आक्रमण भएकोछ । विद्यालयको भवन निर्माण गर्ने ठेक्का पाएका स्थानिय ठेकेदार गोग्ने बोहराले वडाध्यक्ष पदम मण्डेलमाथि हातपात गरेकाछन् । शनिबार वडानं ७ कै मजखोरीमा वडाध्यक्ष मण्डेलमाथि बोहरा जाई लागेको हुन् । आक्रमण गर्ने व्यक्ति स्थानिय टोल स्तरका ठेकेदार हुन् ।
विद्यालयको ४ कोठे भवन निर्माण सम्पन्न नहुँदै सम्पन्न भएको सिफारिस माग गरेपछि वडाध्यक्ष मण्डेलले सिफारिस दिएन्न । सिफारिस नदिएको भन्दै ठेकेदार बोहरा वडाध्यक्ष मण्डेलमाथि जाई लागे । विद्यालय भवन निर्माणको करिब २० प्रतिशत काम बाँकी नै रहँदा काम सम्पन्न भएको भन्दै सिफारिस मागेपछि नदिएको वडाध्यक्ष मण्डेल बताउँछन् ।
मण्डेलका अनुसार विद्यालयको फर्निचर, झ्याल्, ढोका, पलास्टर, छत आदि निर्माण गर्न बाँकी नै छ । तर ठेकेदारले अधुरै काम छोडेर ठेक्का सम्पन्न भएको भन्दै सिफारिस माग गरेका थिए ।
यता भवन निर्माणको काम सम्पन्न हुन बाँकी नै रहेको बेला विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने भवन निर्माण सम्पन्न भएको भन्दै सिफारिस दिन वडाध्यक्ष मण्डेललाई पत्र काटेकाछन् । वडाध्यक्ष मण्डेल भन्छन्, 'भवन निर्माणको महत्वपुर्ण काम अझै बाँकी नै छ । काम अधुरो नै राखेर पुरा भुक्तानी लिँदै विद्यालय भवन अलपत्र पार्ने नियत दखेको हुनाले मैले सिफारिस दिएन । त्यसै बेला म माथि आक्रमण भयो ।'
प्रधानाध्यापक बोहराले काम सम्पन्न नहुँदै सबैकाम पुरा भएको भन्दै वडाध्यक्षलाई पत्र काटेका थिए । विद्यालयको भौतिक सम्पत्तिको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी बोकेका प्रधानाध्यापक जनक बोहराले नै पत्र काटेर बदमासी गरेको वडाध्यक्ष मण्डेल बताउँछन् । उनि भन्छन्, ‘हिजो शनिबार थियो । म कार्यालयमा पनि थिएन त्यसैबेला विद्यालयको पत्र बोकेर ठेकेदार सिफारिस माग गर्न आए । मैले पुरा काम भएको छैन भन्दा आक्रमण गरे । प्रधानाध्यापक बोहराले काम पुरा नहुँदै पत्र काटेर गैर जिम्मेवारीपुर्ण काम गरेकाछन् ।’
प्रधानाध्यापकको डिजाइनमा आक्रमण गरियोः वडाध्यक्ष
वडाध्यक्ष मण्डेलले आफुमाथि आक्रमण गर्न लगाउने योजना प्रधानाध्यापक बोहराको भएको बताएकाछन् । शनिबार विहान प्रधानाध्यापक बोहरा आफै सिफारिस माग गर्न आएको तर आफुले निर्माण सम्पन्न नहुँदै नदिने भनेपछि उनले ठेकेदार बोहरा परिचालन गरि आक्रमण गर्न लगाएको बताए ।
प्रधानाध्यापक बोहरा यसअघि विद्यालयको शौचालय निर्माणको विषयमा पनि विवादित बनेका थिए । २२ लाख लागत रकम रहेको शौचालय १८ लाखको भनेका बोहराको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो । विद्यालयको शौचालय लागत अनुसारको नभएको भन्दै नेपाल आजले समाचार प्रकाशन गरेपछि प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले छानबिन गरी भुक्तानी गर्न ग्रामिण जलस्रोत परियोजना कार्यालयलाई निर्देशन दिएको थिए ।
प्रधानाध्यापक बोहरा आफै पनि बारम्बार विवादास्पद गतिविधिमा परिरहन्छन् । शिक्षक जस्तो मर्यादित पेशाकर्मी भएपनि विगतमा स्थानियले भक्कुमार गोदेका थिए । हजारौँ विद्यार्थीलाई शिक्षण गर्ने जिम्मेवारी पाएका बोहरा आफैले बहुविवाह गरेकाछन् । बोहरा शिक्षक भैईसकेपछि आफ्नो विद्यार्थी कै उमेर समुहकी एकजना बालीकासँग दोस्रो विवाह गरेको स्रोतले बतायो । ती बालीकाका बुवा जनयुद्धमा शहिद भएका थिए । बोहराले अविभावक गुमाएर असहाय बनेकी ती बालीकाको कमजोरीको फाईदा उठाँउदै बहुविवाह गरेका थिए । स्रोतका अनुसार शिक्षक भैईसकेपछि दोस्रो श्रीमतीको रुपमा भित्र्याईएकी ती बालीकालाई बोहराले बन्धक जस्तै बनाएर राखेकाछन् ।
कानून अनुसार बहुविवाह गर्नु अपराध हो । बहुविवाह गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था मुलुकी ऐनमा भएपनि शिक्षक बोहरालाई भने यो नियमले छोएको छैन ।
यो पनि