News अर्थ

शिवम् सिमेन्ट एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत

अब ५३ र ४३ ग्रेडमा उपलव्ध हुने

शिवम् सिमेन्ट एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत

४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट कम्पनी एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत भएको छ। शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्डवाट पुरस्कृत हुने पहिलो सिमेन्ट कम्पनी वनेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपालमै पहिलो पटक एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले अव ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती पनि पाएको छ। एनएस–५७२ अन्र्तगत ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त भएपछि उत्पादन पनि सुरु भएको छ ।

ओपिसि सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको जनाईएको छ । गुणस्तरिय उत्पादनकै ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती पाएको कम्पनीले दावी गरेको छ ।

एनएस क्वालिटी अर्वाड–२०१९ तथा ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतीसँगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गर्न समेत सफल भएको कम्पनीको जिकिर छ।

यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणिकरण गर्दै आईरहेको र कुनै पनि ग्रेड उल्लेख नगरी सिमेन्ट बजारमा उपलव्ध थियो। एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस–५७२ प्रमाणिकरण गर्नु पर्ने ब्यवस्था गरिएको छ । जसमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको परिक्षण गरिन्छ।
सन् २००९ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीको प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

विशेष