News

२५ जनासम्म परिक्षार्थी राखेर सवै किसिमका परिक्षा सञ्चालन हुने

२५ जनासम्म परिक्षार्थी राखेर सवै किसिमका परिक्षा सञ्चालन हुने

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आईतवार वसेको बैठकले सबै किसिमका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

वैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तथा सबै किसिमका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । असार २२ गतेदेखि उपत्यकामा जोरबिजोर प्रणाली खारेज गरेको छ। काठमाडौंबाट बाहिर जानु परे सम्बन्धित जिल्लाकै पासको आधारमा जान पाउने व्यवस्था पनि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ। 

स्वास्थ्य मापदण्ड अपनाइ २५ जनासम्म परीक्षार्थी उपस्थित गराएर परिक्षा लिन सकिने जनाईएको छ । २५ भन्दा धेरै परीक्षार्थी भएमा सिफ्टअनुसार परीक्षा सञ्चालन गरिने जनाईएको छ।

बाहिरबाट काठमाडौं आउनु पर्दा जहाँबाट आउने हो त्यही जिल्लाको पास लिएर काठमाडौं आउन पाइने छ। 
 

विशेष