News

हात्तीवन रिसोर्टमा कस्तो रणनीति वनाउँदैछन् प्रचण्ड ?

हात्तीवन रिसोर्टमा कस्तो रणनीति वनाउँदैछन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित स्थित हात्तिवन रिसोर्ट पुगेका छन् । काठमाण्डौंको दक्षिणकाली नजिकै रहेको यो रिसोर्टमा प्रचण्ड पुग्नुलाई अर्थपुर्ण रुपमा हेरीएको छ।

प्रायः राजनीतिक खिचातानी हुँदा प्रचण्ड आराम तथा आवश्यक रणनीति बनाउन राजधानी छोडेर आसपासका होटल तथा रिसोर्टमा जाने गरेका छन् । सत्ता संघर्षको लामो लुछाचुँडीपछि प्रचण्ड रिसोर्टमा पुगेकाले अवको केहि दिनभित्रै राजनीतिमा नयाँ तरंग आउन सक्ने जानकारहरु वताउँछन् । 

प्रचण्ड हात्तीवन रिसोर्टवाट फर्केपछि राष्ट्रिय राजनीतिमा केहि उथलपुथल हुन सन्ने वताएका उनका निकटवर्तीहरु अहिलेको अवस्था भनेको आँधीअघिको सन्नाटा जस्तै भएको वताउँछन् ।

तर पारिवारिक स्रोतले भने उनी नितान्त पारिवारिक भेटघाटको लागि हात्तीवन गएको जनाएको छ । छोरी, ज्वाई र नातिनीहरुसहित पुगेको प्रचण्ड आईतवारको रात उतै वस्ने जनाईएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड हात्तिवन रिसोर्ट

विशेष