News

विप्लवका प्रवक्ताका कारण प्रधानमन्त्रीलाइ तनाव

विप्लवका प्रवक्ताका कारण प्रधानमन्त्रीलाइ तनाव

पार्टी भित्रै तनाव खेपीरहेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि चेपुवामा पारेको छ । 

नेकपाले आफ्ना नेता–कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी ओलीलाई १० दिनको अल्टिमेटम दिएको छ । आइतबार बिहान नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर यसअघि भएको सहमति कार्यान्वयन गर्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीले भने सहमतिमा उल्लेख भएका सवै कुरा कार्यान्वयनको प्रक्रियामा रहेको बताएका थिए । नेकपा प्रवक्ता विश्वकर्माले भने– ‘बन्दी रिहा र मुद्दा फिर्तालगायतका कुराहरु कार्यान्वयन गर्न हामीले १० दिनको समय दिएका छौं। यहाँ गम्भिर वन्नु भएको छ।’

केपी शर्मा ओली खड्गबहादुर विश्वकर्मा धर्मेन्द्र बास्तोला

विशेष