प्रधानमन्त्री ओलीका मानस सन्तानले किन थाले संघीयता र धर्मनीरपेक्षता बिरोधी बहश ?
प्रधानमन्त्री केपी ओली जैबिक रुपमा निसन्तान हुन । तर, उनलाई बा मान्नेको पंक्ति पछिल्लो समय राजनीतिक बृतमा उल्लेख्य छ । एमालेमा युबा संघ पृष्ठ भूमिकाले ओलीलाई बा भनेर सम्बोधन गर्छन । ओलीलाई बा भन्नेको अग्रपंक्तिमा युबा नेताद्वय महेश बस्नेत र नीरू पाल आउछन । प्रशंसा वा आलोचना उनीहरुलाई ओलीको मानस सन्तानका रूपमा चिनिन थालिएको छ ।
ओलीका अति निकट मानिएका बस्नेत र पाल एकअर्कासँग औधी निकट छन । संयोग या सल्लाह, बस्नेत र पाल दुबैले संबिधानमा व्यवस्था गरी सकिएको र कार्यान्वयनमा आइसकेको धर्म निरपेक्षता र संघीयताको बिपक्षमा बहश थालिरहेका छन । बस्नेतले एमाले केन्द्रीय समितिको बैठकमै धर्मनिरपेक्षता र संघीयताको समीक्षा हुनुपर्ने प्रस्ताव गरेका छन ।
उता पालले पोहोर संसद बिगठन भए लगत्तै धर्मनिरपेक्षता र संघीयताको खारेजीमा पार्टी जानुपर्ने भनी सामाजिक संजालमा लेखेकी थिइन । त्यसो त प्रधानमन्त्री केपी ओली संघीयता बिरोधी हुन । पहिलो पटक प्रधानमन्त्री वन्नु अघि ओलीले पत्रकार नारायण पौडेलसँगको टेलिभिजन अन्तरबार्तामा संघीयता एमालेको एजेन्डा नभएको तर बाध्यताबश स्वीकार गरिएको बताएका थिए ।
उनले सोही अन्तरबार्तामा संघीयताको परिमार्जन र मूल्यांकन भोलिका दिनमा हुने दाबी गरेका थिए । प्रधानमन्त्री भैसकेपछि ओलीले धार्मिक क्रियाकलापमा रुचि देखाए, प्रदेशहरुलाई संघको ईकाईका रुपमा व्याख्या गरे । पछिल्ला दिनहरुमा ओली संघीयतालगायतका राजनीतिक परिवर्तन भत्काउन उद्धत रहेको बिपक्षीको आरोप छ ।
ती आरोपहरुलाई बल पुग्ने गरी प्रधानमन्त्री ओलीका मानस सन्तानबाट एकपछि अर्को अभिव्यक्ति र प्रस्ताव आऊनुलाई अर्थपूर्ण मानिएको छ ।
यो पनि
महेश वस्नेतले फाले ‘संघीयता र धर्मनिरपेक्षता’ को तुरुप, के गर्लान ओली ?
केपी शर्मा ओली महेश बस्नेत नीरू पाल