News

पूर्व राजा ज्ञानेन्द्रको सोल्टी होटलमा नयाँ साहुजी 

पूर्व राजा ज्ञानेन्द्रको सोल्टी होटलमा नयाँ साहुजी 

पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको कालिमाटी ताहाचलस्थित सोल्टी होटलको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुमा हेरफेर भएको छ । यसअघिको संस्थागत सेयरधनी होलिडे इन्स इन्भेष्टमेण्ट (नेपाल) लिमिटेड अलग भएको छ ।

गत असोज ११ देखि नै अलग रहेको उक्त कम्पनीबाट प्रतिनिधित्व गर्दै आएका बैंकटेश गोमाटास र उनका वैकल्पिक सञ्चालक विवेक भल्लाले समेत राजिनामा दिएपछि सञ्चालक समितिमा हेरफेर भएको हो ।

अहिले सोल्टीको सञ्चालक समितिमा दिनेशबहादुर बिष्ट कार्यकारी अध्यक्ष छन् । सञ्चालकहरुमा शशिराज पाण्डे, रविभक्त श्रेष्ठ,राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबडेवाला, जया राज्यलक्ष्मी शाह, गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री रहेको बताइएको छ ।

काठमाडौं शहरको मुख्य केन्द्र ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाडौं होटेल विक्रम संवत् २०२३ सालमा समुदघाटन भई शुभारम्भ गरिएको थियो। विगत वर्षौदेखि यो होटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिविशिष्ट पाहुनाहरु, राष्ट्र प्रमुख, लब्धप्रतिष्ठित विशिष्ट व्यक्तित्वहरू, शीर्ष प्रतिष्ठित उद्योगपतिहरु लगायतको रोजाइमा पर्दै आएको छ। 

करिब बाह्र एकड जग्गामा सुन्दर हरियाली बगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकन युक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँच तारे होटेलमा आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेको चापागाईले जानकारी दिए।

यसका अतिरिक्त, नेपालमा सुसम्पन्न भएको प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू समेत यस होटेलमा छन्। होटलभित्र विशिष्ट क्लब फ्लोर तथा क्लब लाउन्ज जस्ता सुविधायुक्त कक्षका कारण यो होटल पहिलो छनौटमा पर्ने गरेको छ।

सोल्टी होटल

विशेष