News

बाजुरा बाढीको उच्च जोखिममा, करिब १ एक हजार जना घरबार विहिन

बाजुरा बाढीको उच्च जोखिममा, करिब १ एक हजार जना घरबार विहिन

लगातारको वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका वडा नं ४ र ५ का करीब १३७ घर परिवार विस्थापित भएका छन् । बस्ती आसपासमा पहिरो जान थालेपछि वडा नं ५ क्युडिका ९७ र वडा नं ४ का ४० परिवार विस्थापित भएका हुन् । 

पहिरोको जोखिम वढेपछि स्थानीयलाई त्यो ठाउँबाट अन्यत्रै सारिएको गाउँपालिकाले जनाएको छ ।  विस्थापित भएका नागरिकहरुलाई विद्यालयमा तथा गाउँ भन्दा एक घण्टाको पैदल दुरीमा पर्ने जर्गाउको जंगलमा पाल टाँगेर वसिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए । बाढीको कारणले करिब १ एक हजार जना घरबार विहिन भएको भण्डारीले बताए ।

विशेष