News भिडियो

युवा संघमाथि आक्रमण भयो, अब दही जमाएर बसिदैनः खुश्बु घिमिरे (भिडियो)

युवा संघमाथि आक्रमण भयो, अब दही जमाएर बसिदैनः खुश्बु घिमिरे (भिडियो)

युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्वाला संगौलालाई पक्राउ गरेको छ । युवासंघमा आवद्ध आफ्नै साथी खुश्बु घिमिरेलाई कुटपिट गरेर प्रहरी हिरासतमा पुगेकी संग्रौला यसअघि ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई मुख छाडेका कारण आलोचित बनेकी थिइन् ।  ज्वाला संग्रौला र रबी लामीछानेको समुहले आफ्ना नेताहरुलाई झोले भन्दै सामाजिक सञ्जालमा हुर्मत लिने थालेपछि जवाफमा आफुले पनि लेखेको खुश्बु बताउँछिन् । 

खुश्बुमाथि ज्वाला जाई लागेको विषयमा सिंगो युवा संघमाथि आक्रमण भएको उनि बताउँछिन् । 'देशको नियम कानून सबैले मान्नु पर्छ । रबी र ज्वाला कानून भन्दा माथि छौ जस्तो गर्छन । रबीको बारेमा केही लेख्नै नहुने रबी को व्यक्ती हो र? अब युवा संघ हातमा दही जमाएर बस्दैन । मागेर पनि समाज सेवा हुन्छ? अब यस्ता मगन्ते समाज सेवा गर्नेहरुलाई तह लगाउन युवा संघ अगाडी बढ्छ ।' घिमिरेले भनिन् । 

ज्वाला संग्रौला

विशेष