News

विदेश पठाइदिने भन्दै ठगी गरेको भन्दै पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी

विदेश पठाइदिने भन्दै ठगी गरेको भन्दै पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी

विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नगरेको भन्दै एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा उजुरी परेको छ ।

बाँसबारीकी दीपा कुँवर नामकी महिलाले साह विरुद्ध प्रहरीमा ठाडो उजुरी परेको हो ।

विदेश पठाईदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा बाँकी रहेको बताउँदै उजुरी परेको प्रहरीले जनाएको छ । ‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ बानेश्वर प्रहरीले भनेको छ।

सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन । प्रहरीका अनुसार पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएक छन् ।
 

प्रभु साह

विशेष