News

‘वडा नम्बर छ’का हिरो चेक बाउन्स गरेको अभियोगमा पक्राउ

‘वडा नम्बर छ’का हिरो चेक बाउन्स गरेको अभियोगमा पक्राउ

प्रहरीले कलाकार तथा निर्देशक  शिशिर शम्शेर ज.ब.राणालाई पक्राउ गरेको छ ।  वडा नम्बर छ, क्लासिक, वीरविक्रम, कायारा, रामकहानी, अन्दाज, पोई पर्‍यो काले लगायत फिल्ममा उनले अभिनय गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।


राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए ।


तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।


प्रोडक्सन म्यानेजरका रूपमा फिल्मक्षेत्रमा प्रवेश गरेका शिशिरले दुई दर्जन फिल्ममा काम गरेका छन् । केही फिल्मको कथासमेत लेखेका शिशिरले तिमी सँग र पोई पर्‍यो कालेुको निर्देशन गरेका छन् । शिशिरले माला फिल्ममा लगानीसमेत गरेका थिए।

शिशिर शम्शेर ज.ब.राणा

विशेष