News

राष्ट्रिय सभामा सांसदले उतारे ओलीको राष्ट्रवादी मुखुन्डो !

राष्ट्रिय सभामा सांसदले उतारे ओलीको राष्ट्रवादी मुखुन्डो !

भारतले लगाएको नाकावन्दीका समयमा चर्को भाषण गरेर उग्र राष्ट्रवादी छवी वनाएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद माथि राष्ट्रिय सभामा चर्को आलोचना भएको छ ।  

सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री ओलीले दावी गर्दै आएको राष्ट्रवादी चिन्तन र सोचमा गम्भीर प्रश्न उठाए। ओलीले विदेशी हस्तक्षेप निम्त्याएको र मुलुकको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर नभएको उनीहरुको आरोप छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाए । सत्ताका लागि विदेशी हस्तक्षेप निम्त्याएको र संसद विघटन गरेको ओलीमाथि उनको आरोप छ ।

नाकावन्दीको समयमा तथा नक्सा जारी गर्ने समयमा राष्ट्रवादका कुरा गरेर नथाक्ने प्रधानमन्त्री ओली अहिले भारतसँग लम्पसार परेको उनको जिकिर छ।

यसैगरी, सांसद डा. खिमलाल देवकोटाले पनि नयाँ नक्सा अनुसार भूमि फिर्ता ल्याउन पहल नभएकोमा प्रश्न उठाए ।

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भारतीय गुप्तचर संस्था रअका प्रमुख आएपछि ओली फेरिएको भन्दै चुच्चे नक्सार अनुसार नेपालको भूमि फिर्ता ल्याउन किन पहल नगरेको भन्दै प्रश्न गरे । उनले भने–‘अहिले उहाँले राष्ट्रवाद कहाँ गयो ?’

नारायणकाजी श्रेष्ठ खिमलाल देवकोटा रमेशजंग रायमाझी ओलीको राष्ट्रवाद

विशेष