News विचार Breaking News मुख्य समाचार राजनीति

भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त...

भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त...

चीनको ‘वान बेल्ट वान रोड ’अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् ।नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना ‘चीन –नेपाल मैत्री पार्क’ दमक क्लिन पार्क हो ।

झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिकाको सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो शक्ति फैलाउने रणनैतिक ढोका(Startegy Door)हुन सक्ने अनुमान गरिएको छ । सुरुमा राम्रा राम्रा लक्ष्य र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।

नेपाल दक्षिण पूर्वी एशियाको एक भुपरिबेष्ठित राष्ट्र हो । नेपालको पूर्व,दक्षिण र पश्चिममा भारत छ भने उत्तरमा गणतन्त्र चीन छ । भारत संगको सम्बन्ध भौगोलिक अवस्थितिले सहज,सरल र अनुकुल छ भने चीन सँगको असहज र प्रतिकूल छ । नेपाल एक असंलग्न राष्ट्र भएकाले भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त अनुसार समान भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । नेपालको भुराजनैतिक परिस्थितिले आदिम कालदेखि भारतसंगको सम्बन्ध जती सतहीबाट लचिलो छ त्यति चीन सँग छैन् । चीन आफूलाई विश्व शक्तिराष्ट्रको रुपमा परिचित गर्न चाहन्छ । विश्वमा उदयमान शक्ति राष्ट्र भारतसँग काउन्टर गर्न चीन नेपालमा दर्बिलो उपस्थिति कायम गर्न चाहन्छ । चीन आफ्नो स्वार्थ सिद्धि गर्दै व्यापार वृद्धि गर्न र आफू अनुकुलको आन्तरिक र बाह्य वातावरण कायम गर्न नेपाललाई रणनैतिक ढोका (Startegy Door)को रुपमा राख्न र प्रयोग गर्न चाहन्छ ।
चीनको ‘वान बेल्ट वान रोड ’अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् ।नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना ‘चीन –नेपाल मैत्री पार्क’ दमक क्लिन पार्क हो । झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिकाको सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो शक्ति फैलाउने रणनैतिक ढोका (Startegy Door)हुन सक्ने अनुमान गरिएको छ । सुरुमा राम्रा राम्रा लक्ष्य र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।
तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेको आग्रहमा चीन सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको बंदरगाह बनाउने सम्झौता भयो । सुरु सुरुमा श्रीलंकाली जनतालाई मिठो सपना र लोभमा पारेर राजापाक्षेले चीनसँग उक्त सम्झौता गरे । हाम्बन टोटा नाम दिइएको उक्त बंदरगाहले श्रीलङ्कामा ठूलो बहस र चर्चा पाएको थियो । चीनको सरकारी कंपनी ‘हार्वर इन्जीनियरीङ कम्पनी’ले निर्माण गरेको उक्त बन्दरगाह १५०० एकड क्षेत्रमा फैलिएको छ र १८ नोवेम्बर २०१० मा यो बंदरगाह खुल्ला गरिएको थियो । चीनको आर्थिक ऋण लगानीमा निर्माण गरिएको उक्त बंदरगाहलाई राष्ट्रपति राजापाक्षेले आफ्नो राजनैतिक स्वार्थ सिद्धिमा जोडे । आफूले चुनावमा जनमत जित्नका लागि चीनलाई बन्दरगाहको लगानी माध्यमबाट भित्र्याई श्रीलङ्कामा ब्रम्हलुट नै मच्चाए । चीनको ठूलो ऋण लगानी रहेकोले उक्त ऋण तिर्न नसकी श्रीलङ्का सरकारले ‘हाम्बन टोटा ’बंदरगाह १०० वर्षको लागि चीनलाई बुझाउन बाध्य भयो । आखिर चीनको गोप्य रणनीति योजना सफल पनि भयो ।
चीन अत्यन्त चतुर , सुरक्षित र गोप्य तरिकाले आफ्नो रणनीति प्रयोग गर्दै नेपालको बाटो प्रयोग गरी भारतको बिहार र उत्तर प्रदेश राज्यमा आफ्नो उपस्थिति देखाउन चाहान्छ । दक्षिण पूर्वी एशियाली मुलुकमा नेपाल चीनको पहिलो पर्यटकीय गन्तब्य राष्ट्रको रूपमा रहेको छ र त्यसैको रणनैतिक योजनामा नै वान बेल्ट वान रोड परियोजना अन्तर्गत चीन नेपाल मैत्री पार्क आएको हुन सक्ने सम्भावना रहेको नेपालका जानकारहरु बताँउछन् ।
राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा राष्ट्रिय आम सहमति र स्थानीयको अर्थपूर्ण सहभागिता जुटाउनु अति आवश्यक हुन्छ । राष्ट्रिय सहमति बेगर हचुवाको भरमा र चुनावी अभिमत बटुल्ने अभिप्रायले जबर्जस्ती लाद्न खोजिएको गौरबको आयोजना कागजमा र शिलान्यासमा मात्र सीमित रहन सक्छ । त्यस्तै चीन नेपाल औद्योगिक मैत्री पार्क पनि विभिन्न समस्यामा अल्झिएको छ । यो पार्क पनि राजापाक्षेको जस्तै मत अभिमत बटुल्न आएको ‘हाम्बन टाटा’जस्तै त हुने होइन ? त्यसैले सिउनेले लाउनै पाउँदैन लाउनेले देखनै पाउँदैन भने जस्तै संझौता गर्नेले यो पार्कको असली रुप देखनै पाउँदैन र देख्नेले भोग्नै पाउँदैन की ?

(लेखक – संघीय लिम्बूवान पार्टीका केन्द्रीय उपमहासचिव हुन् । )

विशेष