News

संसद विघटन विरुद्धको मुद्दामा ईजलासले उठाएका यस्ता छन् प्रश्न

संसद विघटन विरुद्धको मुद्दामा ईजलासले उठाएका यस्ता छन् प्रश्न

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेपछि ईजलासले मुख्य ७ प्रश्नको जवाफ माँगेको छ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले अहिलेसम्म जति पनि प्रजातान्त्रिक मुलुकहरु छन् तिनीहरुमा संविधानलाई अझै सशक्तीकरण गर्ने ब्याख्या अदालतले गरेका छन् । जुन सदस्यहरु लिएर प्रधानमन्त्री बन्न पाउँ भनि निवेदन छ यसको फिगरलाई हेर्दा बहुदलीय र बहुलवादमा आधारित संविधानलाई यसले सहयोग गर्छ कि गर्दैन ? भन्ने प्रश्न गरेका छन् ।

त्यसलाई मान्यता दिइयो भने दलहरुलाई क्षतविक्षत बनाएर, यो संविधानलाई क्षतविक्षत बनाएर यसलाई कार्यान्वयनमा जाँदाखेरी यो संविधानलाई अगाडि लगेको हुन्छ कि ब्याक गरेको हुन्छ ? भन्ने जिज्ञासाको पनि राणाले जवाफ खोजेका छन्।

न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले शेर बहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा पेश गरेको कागजात रितपूर्वक नभएको, नक्कली भएको दाबी गरेका छन् । यस्तो नक्कली कागजात ल्याएर प्रधानमन्त्री दाबी गर्न मिल्छ ? भन्ने प्रश्नको जवाफ माग गरेका छन् । 

यस्तै रिट निवेदन दर्ता गर्दा १ सय ४६ जना आए पनि निवेदनमा ५ जनाको मात्रै सही छ । कुन कानुनले यसलाई संबोधन गर्छ ? त्यसको जवाफ ईजलासले खोजेको छ । 

यस्तै इजलासले विभिन्न सात प्रश्न अघि सारेर त्यसको जवाफ मागेको छ ।

चोलेन्द्र शमशेर राणा संवैधानिक ईजलास

विशेष