News कभर स्टोरी प्रदेश ७

विद्यालय भवन अलपत्र पार्ने प्रधानाध्यापकको अर्को फण्डा, पत्रकारलाई 'होशियार' भन्दै धम्की

विद्यालय भवन अलपत्र पार्ने प्रधानाध्यापकको अर्को फण्डा, पत्रकारलाई 'होशियार' भन्दै धम्की

नेपालीमा एउटा उखान छ, ‘हुटिट्याउँले आकाश थाम्दैन ।’ यो चरालाई  हुट्टिट्याउँ नामांकरण गरिनुको कारण यसले निकाल्ने आवाजले गर्दा होला । यसले निकालेको आवाज हुट्टिट्याउँ भनेजस्तै सुनिन्छ । लगभग कहिले चुप नलागेर कराइरहने यो चराले खास के भन्न खोजेको हो त्यसको कुनै औचित्य र अर्थ हुँदैन । नेपालीमा प्रचलित यो उखान अहिले बझाङको छविस पाथिभेरा ०७ स्थित मजखोरी माविका प्रधानाध्यापक जनक बोहराले पोस्ट गरेका फेसबुक स्टाटससँग ठ्याक्कै मेल खाएको छ । 


बोहराका सार्वजनिक सरोकारका विषयसँग जोडिएर समाचार प्रकाशन भएपछि उनले त्यसको बदलालिन फेसबुकमा लेखेकाछन्, ‘पत्रकारको नाममा दलाली गर्नेहरु होसियार ।’ बोहराले रिष र आवेगमा आएर के लेखिरहेको छु र यसको अर्थ, औचित्य र सत्यता केहो भन्नेबारे सामान्य धारणा समेत नबनाएर लेखेकाछन् जुन अर्थहिन र तत्थ्यहिन छ । हुटिट्याउँ कराएको जस्तो ।  


बोहराका गतिविधिका बारेमा समाचार प्रकाशन भएपछि पत्रकारलाई थर्काउने भाषामा होसियार । अब जे पनि हुन सक्छ । अर्थात म जे पनि गर्न सक्छु भन्ने तरिकाले उनि सामाजिक सञ्जाल मै पत्रकारमाथि खनिएकाछन् । क्षणभरमा सारा संसारमा सूचना सम्प्रेषण हुने सामाजिक सञ्जाल जस्तो चलायमान र वृहत मानवसागरसँग जोडिएको माध्यमबाट नै पत्रकारलाई ‘होसियार’ भन्दै तर्साउन खोजेकाछन् बोहराले । त्यती मात्रै नभएर ‘दलाली गर्नेहरु’ भन्दै होच्याएकाछन् । जुन सामान्य रिष र आवेगबाट उब्जेको कुरा होइन ।

 
त्यती मात्रै नभएर प्रधानाध्यापक बोहराले पत्रकारलाई दलाली गर्नेहरु भन्दै सिंगो प्रेस स्वतन्त्रमाथि ठाडो र निर्लज्ज आक्रमण समेत गरेकाछन् । पत्रकारलाई दलाली गर्नेहरु भनेर संगिन आरोप लगाएका बोहराले के दलाली गरेको पुष्टी गर्न सक्ने ल्याकत राख्छन् होला? पक्कै पनि पत्रकारलाई दलाली गर्ने छुट छैन । त्यसको विरुद्धमा लेखिनुपर्छ र दलाली गर्ने पत्रकारलाई कारबाही गरिनु पर्छ । 


यतिहुँदाहुँदै समाचार लेखेकै भरमा पत्रकारलाई जे पनि भन्दा हुन्छ भन्ने मानसिकता बोक्ने जमात पनि अहिले प्रशस्तै छ । पत्रकारलाई ‘पत्रुकार’ ‘चाटुकार’ भनेर गरिने दुव्र्यवहार सामान्य जस्तै भैईसक्यो । प्रधानाध्यापक जस्तो शिक्षित व्यक्तिले 'दलाली गर्नेहरु' भनेर भन्दा त्यसको अर्थ र औचित्य खोजिन जरुरी छ । 


प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जान सक्ने अवस्थामा आक्षेपुर्ण भाषा प्रयोग गरेर प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नु गम्भिर विषय हो  । प्रधानाध्यापक बोहरा आफैपनि नैतिकरुपमा स्खलित व्यक्ति भएको स्थानिय बताउँछन् । यसअघि प्रधानाध्यापक बोहराको वडाध्यक्ष पदम मण्डेललाई सुनियोजित तरिकाले आक्रमण गर्न लगाएका आरोप लगाएका थिए । निर्माण सम्पन्न नभएको विद्यालय भवनको सिफारिस माग गर्न आएको तर आफुले निर्माण सम्पन्न नहुँदै नदिने भनेपछि उनले ठेकेदार बोहरा परिचालन गरि आक्रमण गर्न लगाएको बताएका थिए । 


प्रधानाध्यापक बोहरा आफै पनि बारम्बार विवादास्पद गतिविधिमा परिरहन्छन् । शिक्षक जस्तो मर्यादित पेशाकर्मी भएपनि विगतमा स्थानियले भक्कुमार गोदेका थिए । हजारौँ विद्यार्थीलाई शिक्षण गर्ने जिम्मेवारी पाएका बोहरा आफैले बहुविवाह गरेकाछन् । बोहरा शिक्षक भैईसकेपछि आफ्नो विद्यार्थी कै उमेर समुहकी एकजना बालीकासँग दोस्रो विवाह गरेको स्रोतले बतायो । ती बालीकाका बुवा जनयुद्धमा शहिद भएका थिए । बोहराले अविभावक गुमाएर असहाय बनेकी ती बालीकाको कमजोरीको फाईदा उठाँउदै बहुविवाह गरेका थिए । स्रोतका अनुसार शिक्षक भैईसकेपछि दोस्रो श्रीमतीको रुपमा भित्र्याईएकी ती बालीकालाई बोहराले बन्धक जस्तै बनाएर अलग्गै घरमा राखेकाछन् ।

 
कानून अनुसार बहुविवाह गर्नु अपराध हो । बहुविवाह गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था मुलुकी ऐनमा भएपनि शिक्षक बोहरालाई भने यो नियमले छोएको छैन ।


यो पनि

विद्यालय भवन निर्माणमा चरम लापरबाही, प्रधानाध्यापकको बदनियतले ४ कोठे भवन अलपत्र पर्दै

भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग, सिफारिस नदिएपछि वडाध्यक्षमाथि आक्रमण

२२ लाखको शौचालयमा जस्ताको छानो

शौचालय विवादमा प्रशासनको ध्यानकर्षणः सिडिओले झिकाए कागजपत्र

२२ लाखको शौचालयका डिजाईनरलाई सिडियोको केरकारः मुल्याङ्कन अनुसार भुक्तानी गर्न निर्देशन

प्रेस स्वतन्त्रता प्रधानाध्यापक जनक बोहरा

विशेष