माधव नेपाललाई ‘वाँदर’ भन्ने कोमल वलीका यस्ता रहेछन अन्तरङ्ग कुरा

नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रियसभाकी सदस्य कोमल वलीले सोमवार आफनै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै सभामा एउटा कविता वाचन गरिन।
आफ्नो पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै उनले वाचन गरेको कविताको शिर्षक थियो–‘वाँदरको जमात र अमृतपानको सपना’ ।
राष्ट्रियसभाको विशेष समयमा लिखित कविता सम्बोधन गरेकी वलीले आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै वरिष्ठ नेता माधव नेपालको आलोचना गरिन् । यस्तो प्रवृत्ति संसदीय व्यवस्था अनुकूल हो ? भन्दै उनले प्रश्न समेत गरिन् ।
कसैको नाम नलिकनै उनले कविताको सहारा लिएर एमाले भित्रको घरझगडाप्रति तिखो ब्यंग्य गरिन । कविताको पुरै भाव नेता नेपालप्रति लक्षित छ। उनले नेता नेपालको प्रवृत्तिलाई ‘बाँदर प्रवृत्ति’सँग दाँजेर आलोचना गरेकी छिन् ।
वलीको कविता प्रति आलोचना र समर्थनका आवाजहरु सुनिन थालेका छन् । कतिपयले वलीले कविता मार्फत वास्तविक्ता वोलेको वताईरहेका छन् भने कतिपयले भने वलीले आफनो धरातल विर्सेर अरुलाई गालि गरेको आरोप लगाएका छन् ।
पत्रकार किशोर श्रेष्ठ फेसवुकमा लेख्छन्–‘आफु शुद्ध भएर अरुतिर औलो ठड्याउनुको मज्जा पो मज्जा। गरिमामय संसदमा जीवनका आरोह अवरोह झेल्दै उत्तरार्धमा पुगिसकेका पिता समान नेताहरु उपर लान्छनायुक्त ‘वाँदर’ र ‘छेपारो’ को कविता वाचन गर्न थाल्नु हुने माननीय ज्यूको शाह थरका राजपरिवार निकट अनेक सदस्यदेखि हङ्कङसम्मका लाहुे, ‘ब’ वाट नाम उठेका कांग्रेस, कम्युनिष्टदेखि ‘इ’ वाट नाम सुरु हुने वाम नेता र ‘श्र’ वाट श्री गणेश हुने गृह प्रशासनका प्रमुख अनि ‘स’ र ‘श’ का सारथी फौजका हामिहरु र चुनिएका ब्यापारीहरुसम्मको अन्रङ्ग कथा, मह जोडी÷गणेश गुरुङ्गहरुसहित इजरायल गएको वेलाका एक/एक पल, टेलिफोन कल, स्थान, परिवेश, साक्षी, मिति अनि कोशेली संकलनसम्मका प्रकाशित प्रसंगहरु फेरी पुनर्मुद्रण गर्ने भन्दैछन् विमसु र केहि पूर्व सुरक्षा प्रमुखहरु।’
श्रेष्ठ अगाडि लेख्छन्–‘देश नेताले मात्रै विगारेका हुन ? अरुको हातै छैन यसमा ? देश र जनताको निम्ती नीति निमार्नण गर्ने थलो पो हो त राष्ट्रिय सभा, त्यहाँ त्यही लेभलको सैद्धान्तिक वहस गर्नु नी, आफनो धरातल र विगत विर्सेर ठाउँ–कुठाउँ सस्तो मनोरञ्जन गर्त त नहुने हो नी भन्छन् दाङ्गका साथीहरु।’
कोमल वली माधवकुमार नेपाल किशोर श्रेष्ठ वाँदरको जमात र अमृतपानको सपना