कोमल वलीले ‘वाँदर’ कविता मार्फत आफनै वर्णन गरिनः युवा नेता रिजाल

नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले कोमल वलीले सोमवार राष्ट्रिय सभामा वाचन गरेको ‘वाँदरको जमात र अमृतपानको सपना’ कविता मार्फत उनको राजनीतिक स्तर मापन भएको वताएका छन् ।
नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रिय सभाकी सदस्य वलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गरी कविता वाचन गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन । ‘अवसरको लागि जता पनि हाम फल्ने कोमल ओलीले कविता मार्फत एमालेका वरिष्ठ नेता, शान्ति प्रकृयाका हस्ती, कम्युनिस्ट आन्दोलनका धरोहर कमरेड माधवकुमार नेपाललाई गरेको असान्दर्भिक टिप्पणीले कोमलको हैसियत देखाउँछ’– उनले भने।
वलीले वाँदर कविता मार्फत आफनै वर्णन गरेको रिजालले जिकिर गरे । ‘कविता कहाँ भन्ने, कस्तो भन्ने, किन भन्ने ? ज्ञान नभएकी वलीले सांसदको मर्यादा राख्न नसकेको उनले वताए । ‘वलीले नैतिकताका कुरा गर्नु र गधाले नुहाएर गाई बन्छु भन्नु उस्तै हो’ उनले भने–‘उनको कविताले नेता नेपालको त केहि विग्रिएन, तर उनको चरित्र चै उजागर भएको छ ।’
प्रधानमन्त्री ओलीको आशिर्वादले सांसद भएकी कोमल ओलीको बारेमा धेरै वोल्नु पनि ब्यर्थ हुने वताएका उनले ‘संसदको मर्यादा गरिमा र नेताको योगदान यीनलाई के थाहा हुन्छ ?’ भन्दै असन्तुष्टि जनाए ।
यो पनि
माधव नेपाललाई ‘वाँदर’ भन्ने कोमल वलीका यस्ता रहेछन अन्तरङ्ग कुरा
बाँदरको जमात र अमृतापनको सपना माधवकुमार नेपाल कोमल वली राष्ट्रिय सभा