News

यस्तो छ कोमल वलीको ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता

यस्तो छ कोमल वलीको ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता

नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रिय सभाकी सदस्य कोमल वलीले सोमवार राष्ट्रियसभाको विशेष समयमा लिखित सम्बोधन गरिन। 

दोस्रो विश्व युद्धमा वीरता देखाएका नेपाली युवा अहिले खाडीमा पसिना देखाइरहेको र विदेशको ग्रिनकार्ड र पीआर पाउँदा नेपालको नागरिका त्याग्न तयार हुने गरेको भन्दै युवाहरूको परिश्रम र ह्रार हुँदै गएको देशभक्तिप्रति प्रश्न उठाइन् ।

विगतदेखि नै चल्दै आएको विकृति र विसंगतीलाई यो तीन वर्षको सरकारले बोक्न नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वकालत गरिन् ।

सम्वोधनकै क्रममा उनले उनले आफ्नो पार्टीभित्रको घरझगडालाई केन्द्रमा राखेर वरिष्ठ नेता माधवकुमार नेपाल लक्षित कविता पनि वाचन गरिन । उक्त कविता अहिले सवैको चासोको विषय वनेको छ। 

यस्तो थियो उनको ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

कहिले मिलेका छन्, कहिले फुटेका छन् ।।
ईर्श्याको भट्टीमा आफैंलाई भुटेका छन् ।।

आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशको मेलामा जुटेका छन् ।।

अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे।।

आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन् ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।

बाँदरहरू खेती गदैनन् बाली विनास गर्छन् ।।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोइलानहरुसँग मिल्छन् ।।

कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपाना देख्छन् ।।

बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।। 

यो पनि

कोमल वलीले ‘वाँदर’ कविता मार्फत आफनै वर्णन गरिनः युवा नेता रिजाल

माधव नेपाललाई ‘वाँदर’ भन्ने कोमल वलीका यस्ता रहेछन अन्तरङ्ग कुरा

राष्ट्रिय सभा कोमल वली माधवकुमार नेपाल बाँदरको जमात र अमृतापनको सपना

विशेष