News

चितवनमा सुजिता भण्डारी घट्ना सेलाउन नपाउँदै अर्की युवती वेपत्ता

चितवनमा सुजिता भण्डारी घट्ना सेलाउन नपाउँदै अर्की युवती वेपत्ता

चितवनमा ११ दिनदेखि वेपत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि शव फेला परेको घटना सेलाउन नपाउादै सोहि जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा वेपत्ता भएकी छिन् । प्रहरीका अनुसार उनी असार १४ गते रातिदेखि बेपत्ता छिन् ।

लगातार खोजी गर्दासमेत छोरी फेला पार्न नसकेको बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले बताए ।

एकै छिनमा फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी विनाको १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो । उनी गैडाकोटकै जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत थिईन ।

प्रहरीले अनुसन्धानका क्रममा भरतपुरका एकजना २३ वर्षिय युवा हरी (नाम परिवर्तन) लाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवा बिनाका प्रेमी भएको प्रहरीले जानकारी दिएको छ।

विनाको फेसबुकमार्फत हरीसँग चिनजान भएको ५ वर्ष भएको थियो । ९ महिना लण्डन बसेका उनी दाजुको बिहेमा सहभागी हुन वैशाखमा नेपाल आएका थिए । उनी असार १४ गते विनाकै घरमा खाजा खाएर निस्केका थिए ।

अर्की एक युवती रमा (नाम परिवर्तन) ले स्कूल पढ्दादेखि नै हरीलाई मन पराएको पाईएको छ। उनीहरु तीनै जना एकै ठाउँमा भेला भएको र त्यसै वेला विना बेहोस बनेको प्रहरीले जनाएको छ । हरीले यस विषयमा विनाका बुबालाई जानकारी गराएका थिए ।

होस खुलेपछि रातको समयमा विना एक्लै घरतिर लागेकी थिईन । हरीले उनलाई स्कुटरमा पछ्याए र विनालाई स्कुटरमा लिएर केहि अघिसम्म गए । यसविचमा विनाको वुवासँग टेलीफोन सम्पर्क भएको पाईएको छ । 

त्यसपछि विना हराएको भन्दै हरीले विनाका वुवालाई फोन गरे । हरी र विनाका वुवा एकै ठाउँ भेला भए र खोजी गर्न थाले। तर, फेला पार्न सकेनन्।

यसै मेसोमा प्रहरीले हरीलाई पक्राउ गरी अनुुसन्धान सुरु गरेको जनाएको छ ।

सुजिता भण्डारी विना सापकोटा

विशेष