News राजनीति

प्रचण्डले एमालेको राजनीति गिजोलेपछि उनी विरुद्ध मुद्दा हाल्ने तयारी !

प्रचण्डले एमालेको राजनीति गिजोलेपछि उनी विरुद्ध मुद्दा हाल्ने तयारी !

विभाजनको डिलैमा पुगेर स्थित भएको नेकपा एमालेको राजनीति २/३ दिनदेखि स्थितर छ। पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदलको बैठक पनि सोमबारदेखि शुरु भएको छ । 

सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा मंगलबारदेखि विषयगत छलफलहरु सुरु भएका छन् । यद्यपी मंगलबारको छलफलमा पनि कुनै खास सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

मंगलबारको छलफलमा विवादित दुई मुख्य विषयमा केन्द्रित थियो । अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ भने माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।

पार्टी एकता जोगाउन कार्यदलले काम गरिरहेका वेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलवार सुटुक्क वरिष्ठ नेता नेपालको कोटेश्वर स्थित निवासमा पुगे । एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच कुराकानी भएको छ। 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्।

यसैक्रममा प्रचण्डले नेपाललाई भेटनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। ओली पक्षले प्रचण्डका कारण वन्नै लागेको सहमति पनि भाँडिने हो की भन्ने आशंका गरेका छन् । प्रचण्डले नेता नेपाललाई भड्काउने गरेको उनीहरुको वुझाई छ। ‘जव–जव माधव नेपाल पार्टी एकताका लागि लचक देखिन्छन्, तव–तव प्रचण्डको इन्ट्रि हुन्छ। उनको इन्ट्रि सँगै नेपाल भड्किने गरेका छन्’ ओली पक्षका एक नेता भन्छन्–‘कार्यदलका वैठक वस्न थालेपछि उनले फेरी नेता नेपाललाई भेट्नुका पछाडी केहि न केहि रहस्य लुकेको छ।’

प्रचण्डले वेलावखत एमालेको राजनीति गिजोल्न थालेपछि उनलाई पनि शान्तिसँग वस्ने नदिने उपाय ओली समुहले निकालेको छ । ओली समुहले एमालेमा रहेका पूर्व माओवादी नेताहरुलाई प्रयोग गरेर माओवादी केन्द्रको दल दर्ता खारेजीको लागि रिट हाल्ने तयारी गरेको छ।

रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतले रिट दिने तयारी गरेका हुन्। ’हामी ५ भाइले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै रिट दिने तयारी गरेका छौं। माओवादी केन्द्र वैधानिक छैन’ पाँच मध्ये १ नेताले भने–‘५ वर्षमा महाधिवेशन हुनुपर्ने हो तर हुन सकेको छैन। अर्को कुरा माओवादी केन्द्रको कमिटी पनि अवैधानिक छ। हामीले भोलि रिट हाल्ने तयारी गरेका छौं।’

आफूहरूले कानुन व्यवसायीसँग छलफल गरिरहेको ती नेताले बताए। सर्वोच्च अदालतमा रिट हाल्ने या निर्वाचन आयोगमा हाल्ने भन्ने अझै टुंगो नलागेको समेत ती नेताको भनाई छ।

०७१ जेठ पछाडि माओवादी केन्द्रको महाधिवेशन हुन सकेको छैन। ०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएको थियो। एमाले र माओवादी एकता भएर गठन भएको नेकपालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। 

नेकपा एमाले कार्यदल पुष्पकमल दाहाल ‘प्रचण्ड’ दल दर्ता खारेजी

विशेष