News विदेश

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या

क्यारिवियन राष्ट्र हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका छन् । राजधानी पोर्ट आउ प्रिन्सस्थित निजी निवासमा उनको हत्या भएको हो ।

स्थानीय समय अनुसार मध्येरातमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेफले पुष्टि गरेका छन् । हमलामा प्रथम महिला पनि घाइते भएकी छिन् । पूर्व राष्ट्रपति माइकल मार्टेलीले राजीनामा दिएसँगै ५३ वर्षे राष्ट्रपति मोइसे सन् २०१७ देखि सत्तामा आएका थिए ।

सत्तामा आएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको थियो । प्रधानमन्त्री जोसेफले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । 

विशेष