News अन्तरवार्ता भिडियो

संघियता कुरुप पार्ने ओलीले यसको औचित्यमा प्रश्न उठाउन मिल्दैनः दिपशिखा (भिडियो) 

संघियता कुरुप पार्ने ओलीले यसको औचित्यमा प्रश्न उठाउन मिल्दैनः दिपशिखा (भिडियो) 

माओवादी निकट युवा संगठन वाईसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ‘दिपशिखा’ले संघियता र धर्मनिरपेक्षलाई प्रधानमन्त्रि केपी शर्मा ओलीले कुरुप बनाएको आरोप लगाएकाछन् । मुलुकले संघियता र लोकतन्त्र प्राप्त गरेपछि सम्र्पुण शासन सत्ता केपी ओलीको हातमा रहेको र त्यसको स्वरुपलाई ओलीले तहसनहस बनाएको उनले बताएकाछन् ।

नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको संघियता र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नु पर्छ भनेर दिएको प्रतिक्रियालाई लक्षित गर्दै दिपशिखाले भनेकाछन्, ‘नेपालको संघियता र धर्मनिरपेक्षता हुर्कै नै लागको बेला त्यसलाई तहसनहस पार्ने अनि त्यसबारेमा जनमत संग्रह गरौँ भनेर केपी ओलीका सन्तानले भन्न मिल्दैन । संघियता कसले कुरुप पार्यो त्यसको उत्तर दिनु पर्दैन?’ महेश बस्नेतलाई झटारो हान्दै उनले भने, ‘ओलीका सन्तालहरुले फेरी पनि सत्ता प्राप्त गर्न सकिन्छ भनेर हिन्दु अतिवादीहरु लक्षित भाषण गर्दैछन् ।’

प्रधानमन्त्रि केपी शर्मा ओलीको एजेण्डा संघियता नभएको हुनाले उनलाई यसप्रति कुनै मोह नरहेको र अघिल्लो चुनावमा आफुहरुलाई पनि केपी ओलीले भ्रममा पारेको दिपशिखाले बताएकाछन् । उनि भन्छन्, ‘केपीको एजण्डा संघियता थिएन । उनले हामीलाई पनि झुक्याए । राष्ट्रवादी थिएनन् । म मुलुकका निम्ति मरेर काम गर्छु । मेरो त कोही पनि छैन जति बाच्छु देशका लागि काम गर्छ भने हामीलाई होक्या हो जस्तो लाग्यो । तर यी सबै ढाेंग र पाखण्ड रहेछन् । हामी पनि भ्रममा पर्यौँ । हामी जनतासँग क्षमा मागेर आत्म समिक्षा गर्न चाहान्छौँ ।’

 

राम प्रसाद सापकोटा ‘दिपशिखा’

विशेष