News

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

काठमाण्डौंको पुरानो बसपार्कमा २९ तले ‘काठमाण्डौ भ्युटावर’ निर्माणको जिम्मा पाएका ठेकेदार मनोज भेटवालका कारण कयौं ब्यक्ति पीडित छन् ।

भ्युटावर निर्माणमा खेलाँची गरेर आसपासका वस्ती  जोखिममा पारेका भेटवालको आतंकका कारण भारतवाट ल्याईएका पेटी ठेकेदार समेत पीडामा छन् ।

स्रोतका अनुसार भेटबालले भारतीय पेटी ठेकदार भ्यालुरुपाली हेमचन्द्रलाई ज्यान मार्ने धम्की दिदै कामवाट निकालेका छन् । तर, हेमचन्द्रका सामान भने कब्जा गरेर राखिएको छ । उक्त कामको लागि हेमचन्द्रसँग सम्झौता गरिएको छ। तर, उनले काम गर्न पाएका छैनन् । भेटवालले आसेपासेलाई लगाएर काम गराईरहेकाले आफु पीडित भएको पेटी ठेकेदार हेमचन्द्रको गुनासो छ।

भ्यु टावर निर्माणको काम गरिरहेका नेपाली कामदारसँग त्यसको खासै नभएकाले आफुसँग सम्झौता गरिएको उनले दावी गरे । आफुलाई कामवाट निकालेको, सामान तथा कागजपत्र कब्जा गरेको, ज्यान मार्ने धम्की दिएको र आफुले पाउनु पर्ने रकम समेत नदिएको विषयमा प्रहरीमा जानकारी गराउँदा समेत आफुले न्याय नपाएको उनको गुनासो छ।

भेटवालले ट्यापे/मुन्द्रे पालेर राखेका छन। उनको विरुद्धमा वोल्ने सवैलाई तिनै ट्यापे/मुन्द्रे लगाएर धाक–धम्की दिने गरिएको उनको भनाई छ।

भेटवालले प्रहरीलाई समेत महिनावारी नजराना वुझाउने गरेका छन् । प्रहरी/प्रशासन सवै आफनो पैसावाट चल्ने भएकाले उनले खुलेहाम गुण्डागर्दी गर्ने गरेको स्रोतको दावी छ। उनले प्रहरी/प्रशासन मेरो गोजीमा छ भन्दै हिड्ने गरेका छन्।

प्रहरी/प्रशासनले वेवास्ता गरेपछि आफु मिडिया समक्ष पुगेको जानकारी दिएका उनले समाचार संकलन गर्न पुगेका पत्रकारलाई समेत भेटवालले भौतिक आक्रमण गरी सञ्चार सामग्री तोडफोड गरेको वताए । आक्रमणमा परेका पत्रकारले दिएको उजुरीमा समेत प्रहरीले हालसम्म सुनुवाई गरेको छैन ।

काठमाडौं प्रहरी प्रमुखका एसएसपी अशोक सिंहले उजुरी प्रहरीले जिम्मा लिएको र केहि समयपछि दुवै पक्षलाई वोलाएर थप प्रकृया अगाडि वढाउने वताए पनि लामो समयसम्म पनि त्यस विषयमा चासो देखाईएको छैन ।  

समस्या लिएर गएका पत्रकारलाई प्रहरीले उल्टै अभद्र ब्यवहार गरेको थिए । एसएसपी सिंहको यो ब्यवहारले प्रहरीमाथि भारतीय पेटी ठेकेदार हेमचन्द्रले लगाएको आरोपलाई थप पुष्टि गरेको छ। ठेकेदार भेटवालसँग प्रहरीको अस्वभाविक सम्वन्ध भएकैले उनी विरुद्ध आउने गुनासो तथा उजुरीमाथि प्रहरीले मौनता देखाउने गरेको छ। प्रहरी अधिकारीहरुको यस्तो ब्यवहारका कारण कनिष्ठ प्रहरीहरु भने आश्चर्यमा छन् । पीडितले रोईकराई गर्दा समेत प्रहरी आफनो जिम्मेवारीवाट पन्छिनुले आफै माथि ग्लानि हुने गरेको उनीहरुको भनाई छ ।

यो पनि

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

मनोज भेटवाल काठमाण्डौ भ्युटावर अशोक सिंह

विशेष