News

अराजक्ताको पराकाष्ठाः स्वागतले भने– रास्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्नुपर्छ !

अराजक्ताको पराकाष्ठाः स्वागतले भने– रास्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्नुपर्छ !

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा अभिब्यक्ति दिएका छन् ।

क्यारिवियन राष्ट्र हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेको प्रसंगमा उनले यस्तो अभिब्यक्ति दिएका हुन । छन् । राजधानी पोर्ट आउ प्रिन्सस्थित निजी निवासमा उनको हत्या भएको हो ।

सोहि प्रकरणमा नेपालले आफनो फेसवुक स्ट्याटसमा ‘दुःखद आनन्दको खबर !’ भन्दै लेखेका छन्– ‘२ वर्षदेखि संसद विघटन गरेर अध्यादेशबाट शासन चलाउँदै आएका हाइटीका ५३ वर्षे राष्ट्रपति जोभेनल मोइसीको निजी निवासमै गोली हानी विद्रोहीहरुले हत्या गरिदिएका छन् । नेपालमा पनि अध्यादेशबाट शासन चलाउनेहरुलाई यस्तै हुनेछ, हुनुपर्नेछ ।’

नेपालको यो स्ट्याटर विवादमा परेको छ । हत्या हुनेछ÷हुनुपर्नेछ जस्ता अराजक कुरा सामाजिक सञ्जालमा लेख्ने अधिकार उनलाई कस्ले दियो भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न उठाएका छन् ।

फेसवुक प्रयोगकर्ता पुस्पकमल अधिकारीले उनको स्ट्याटरमा कमेन्ट गर्दै ‘असहमत ! हिंसालाई प्रोत्साहन गर्नेकुरा कदापि स्विकार्य हुदैन !, शान्तिपूर्ण निर्वाचन मार्फत सरकार परिवर्तनको मार्ग खुला रहेसम्म यस्ता आतंककारी गतिविधिलाई सपोर्ट गर्न सकिदैन’ भनेका छन् भने प्रकाश सिलवालले ‘हत्या हिंसाको पक्षामा किन वकालत हो ? कस्तो संस्कार सिकाउदै हो नयाँ पुस्तालाई ?’ भनेर प्रश्न गरेका छन् ।

यसैगरी, एसआर भट्टराई लेख्छन्–‘कसैको हत्या हुनु आनन्दको खबर हुन्छ? तपाइको बिचार हेर्दा तपाईं नेपालमा हत्या हिंसा चाहानु हुने हो ? तपाईंले कसैलाइ अपराध गर्न उक्साइरहनु भएको छ तसर्थ तपाईं पनि एक अपराधी मानसिक्ता भएको मान्छे भन्दा मुद्दा लागे लागोस्।’

राष्ट्रपति र प्रधानमन्त्रीलाई गालि गर्ने र हत्या गर्नुपर्छ भन्ने नेपाल पहिलो ब्यक्ति भने होईनन् । राजनीतिक अस्थिरता र कानुनको फितलो कार्यान्वयका कारण पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीमाथि गालिगलौज गर्ने र अपशब्द प्रयोग गर्नेदेखि ज्यान मर्ने÷मार्नेसम्मका धम्कीको प्रयोग वढेको छ। राष्ट्रपति र प्रधानमन्त्रीको ध्यान मर्ने धम्की दिनेमा आफुलाई वुद्धिजिवी सम्झने र कानुनका ज्ञाता  वकिलहरु नै अग्रपंक्तिमा छन् ।

पछिल्लो समय संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट–निवेदनमाथि संवैधानिक इजलाशमा छलफलका क्रममा पनि कानुन ब्यवसायीहरुले यस्तै धम्की दिएका थिए ।

असंवैधानिक काम गरेकै कारण फ्रान्स र बेलायतका राजाको हत्या भएको प्रसंग उठाउँदै वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न नसकिने वताएका थिए । उनले भनेका थिए–‘यस्तै काम गर्दै जाने हो भने नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको पनि त्यही आवस्था नआउला भन्न सकिन्न।’

बहसका क्रममा श्रेष्ठले प्रधानमन्त्री र राष्ट्रपतिको हत्या हुनसक्ने तहको धम्कीपुर्ण वहस गर्दा समेत इलासमा रहेका न्यायाधिसहरु भने वोलेका थिएनन् ।

यो पनि

स्वागत नेपाललाई ‘राम धुलाई’ भएकै हो ?

संवैधानिक इजलासमा धम्कीपुर्ण वहस– राष्ट्रपति र प्रधानमन्त्रीको ज्यान मर्न सक्छ

विद्यादेवी भण्डारी केपी शर्मा ओली स्वागत नेपाल हत्या

विशेष