News

समाचार संकलनमा गएका युट्युब पत्रकार प्रहरीद्धारा कुटिए, क्यामेरा समेत तोडफोड

समाचार संकलनमा गएका युट्युब पत्रकार प्रहरीद्धारा कुटिए, क्यामेरा समेत तोडफोड

अन्लाइन टिभी 'हेल्लो नेपाल'का पत्रकार मिलन केसी प्रहरीद्धार निर्घात कुटिएकाछन् । चितवनकी सुजिता भण्डारीको मृत्युप्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका केसीमाथि प्रहरीले हातपात गरेको छ । प्रहरीको आक्रमणमा केसीको क्यामेरा पनि तोडफोड भएको छ । 


बिगत लमो समय देखि भिविन्न सञ्चार माध्यममा पत्रकारिता गर्दै आएका केसीलाई प्रहरीले समाचार संकलनको क्रममा पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि कुटपिट गरेको बताए । उनि भन्छन्, ‘हिजो असार २२ गते म चितवनमा सुजिता भण्डारीको मृत्यू प्रकरणको बारेमा समाचार संकलन गर्न गएको थिए । पत्रकार हुँ भनेर परिचय पत्र देखाउँदादेखाउँदै प्रहरीले मलाई निर्घात कुटपिट गरेको छ । लात्तिले हान्दै म माथी लाठी वर्षाको छ । मेरो घुँडामा गम्भिर चोट लागेको छ । र क्यामेरा समेत फुटेको छ ।’


यसैबीच अन्लाइन टीभि पत्रकार संघले केसीमाथि भएको आक्रमणको भत्र्सना गर्दै विज्ञप्ती समेत निकालेको छ । 

मिलन केसी प्रहरीद्धार निर्घात कुटिए

विशेष