News

एमाले कार्यदलको बैठक सर्धै सकारात्मक, कहिले पुग्छ टुङ्गोमा ?

एमाले कार्यदलको बैठक सर्धै सकारात्मक, कहिले पुग्छ टुङ्गोमा ?

नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको लगातार वैठक वसिरहेको छ। कार्यदलका सदस्यहरूले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा बसेको कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरूले बताएका हुन् । नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए।

बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले विवादलाई भोलिसम्म टुङ्गोमा पुर्याइने वताए । कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उनीहरूका भावना बुझ्ने कुराहरू पनि भइरहेको वताएका उनले भने–‘कार्यदल भित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधिक कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’

कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले बुधबार साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर एकताको लागि टुङ्गोमा पुर्याउने वताए। सबैसँग छलफलका लागि आज दिनभरीको समय चाहिने आवश्यकता महशुस गरेकाले साँझसम्म ति सबै काम सकेर भोलि फेरि बैठकलाई औपचारिक रुपमा सुरु गर्ने उनको भनाई छ।

सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगको नेम्वाङ्गले वताए । 

विशेष