News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वैद्य निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वैद्य निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

मोहन वैध 'किरण' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बिहीबार विरोध प्रदर्शन गरेको छ । बबरमहल स्थित नेपाल आयल निगम अगाडि विद्यार्थी संगठनले विरोध प्रर्दशन गरेको हो । 


विरोद प्रर्दशनमा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले महामारिमा सरकारले जनतालाई मारमा पार्ने गरि मूल्यवृद्धि गरेको बताए । ओली सरकार जनताप्रति गैरजिम्मेवार माफियाहरुको संरक्षक रहेको नेता गजुरेलको आरोप थियो । शिक्षा, स्वास्थ्य मादलाल पूँजीपतिहरुको कब्जामा रहेको र त्यसको संरक्षक केपी ओली भएको उनले उल्लेख गरेका थिए । 

हरिकृष्ण गजुरेल

विशेष