News

सधैं आगो ओकल्ने ओलीले आज औषधीको कुरा गरे !

सधैं आगो ओकल्ने ओलीले आज औषधीको कुरा गरे !

प्रधानमन्त्री केपी शर्मा ओली भाषणकलामा निपुर्ण छन् । वोल्ने शैली, उखान टुक्का र परिवेश अनुसारको उदाहरण तथा विरोधीहरु लक्षित ब्यंग्य उनको भाषणका गहना हुन । यी सवै पक्ष समेटिने भएकै कारण मानिसहरु प्रायः उनको भाषण सुन्न मन पराउँछन्।

प्रतिपक्षी मात्र नभएर आफनै पार्टीको एउटा समुह सरकार र विशेषगरी आफनो विरोधमा लागेपछि उनी सहभागि हुने सार्वजनिक कार्यक्रममा प्राय उनको भाषण तिनै प्रति लक्षित हुन्छन् । आफनो विरोध गर्नेहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली विहीबारको कार्यक्रममा भने सालिन र भद्र रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबाबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जडिबुटी केन्द्रित भाषण सुनाए । 

प्रधानमन्त्री ओलीले एकै पुस्तामा विद्धान तयार गर्न नसकिने बताउँदै पूर्वजहरूले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए।

‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्धान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरूले पूर्वजहरूको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इनोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं’, ओलीले भने ।

उनले जनै खटिरा र पानीसरा रोगका विषयमा जानकारी दिदै त्यसलाई निको पार्न कालो तिलको लेप लगाउनु पर्ने सुझाव पनि दिए । 

केपी शर्मा ओली

विशेष