News

माधव नेपालले हैसियत खोजेपछि एमाले एकता प्रभावित, कार्यदलको वैठक नै वसेन

माधव नेपालले हैसियत खोजेपछि एमाले एकता प्रभावित, कार्यदलको वैठक नै वसेन

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बिहीबारको बैठक स्थगित भएका छ । साँझ ७ वजेका लागि वोलाईएको वैठक विषय प्रवेश नै नगरी स्थगित भएको हो। 

थप गृहकार्यका लागि भनेर बिहीबार दिउँसो १२ वजेको बैठक स्थगित गरेर साँझ ७ वजेका लागि वोलाईएको थियो । कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा भेला भएपनि वैठक नवसेको एक सदस्यले जानकारी दिए ।

बैठक विषय प्रवेश नै नगरी स्थगित भएको ति सदस्यको भनाई छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेट गराउन सफल भएको कार्यदल नै अन्यौलमा परेकाले यो अवस्था आएको जनाईएको छ।

ओली र नेपालको भेटमा नेपालले पार्टीमा अध्यक्ष वरावरकै हैसियत खोजेपछि वार्ताको वातावरण विथोलिएको जानकारहरु वताउँछन् । भेटमा नेपालले अध्यक्ष छोड्नु पर्ने र संसद पुनर्स्थापना भए प्रधानमन्त्रीको लागि दावी गर्ने नपाउनेलगायतका सर्त ओली समक्ष राखेका थिए ।

ओलीले सर्तहरु ठाडै अस्विकार गरेपछि नेता नेपाल चुपचाप वार्ता स्थलवाट वाहिरिएका थिए । नेताहरुकै विचमा त्यो स्तरको छलफल भईसकेपछि कार्यदलले के गर्ने ? भन्ने नै अन्योल भएकाले वैठक वस्न नसकेको विश्लेषकहरु वताउँछन् । कार्यदलको अवको वैठक नै वस्ने÷नवस्ने अन्यौलमा परेको विश्लेषकको भनाई छ।

यो पनि

कार्यदलको सकृयताले झाँक्रीलाई किन पोल्यो ?

समाचार एमाले कार्यदलको वैठक स्थगित, साँझ ७ बजे फेरी बस्ने

'ओलीले पार्टी एकता चाहेको हो भने प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनुपर्छ'

माधव नेपालका सर्त ठाडो अस्वीकार, ओलीले भने– तपाईँले जस्तो पार्टी टुक्र्याउँदै हिँड्ने म होईन

माधव नेपालको वटमलाईन– प्रधानमन्त्री वा पार्टी अध्यक्ष !

कार्यदल केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष