News राजनीति

माधव नेपालका सर्त ठाडो अस्वीकार, ओलीले भने– तपाईँले जस्तो पार्टी टुक्र्याउँदै हिँड्ने म होईन

माधव नेपालका सर्त ठाडो अस्वीकार, ओलीले भने– तपाईँले जस्तो पार्टी टुक्र्याउँदै हिँड्ने म होईन

पार्टी एकताका लागि गठित कार्यदलको अथक प्रयासपछि बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच वार्ताको वातावरण वन्यो छ। तर, नेता नेपालका सर्त ओलीलाई स्विकार नभएपछि कुनै सहमति विना वार्ता सकिएको छ।

नक्सालस्थित होटल मेरियटमा वुधवार राति साढे २ घण्टासम्म उनीहरु वार्तामा वसेका थिए । छलफलका क्रममा नेता नेपालले पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद त्याग गर्नुपर्ने र संसद पुर्नस्थापना भए पुनः प्रधानमन्त्रीको उम्मेदवार बन्न नहुने शर्त ओली समक्ष राखेका थिए ।

विना सर्त एकता गर्न चाहेका ओलीले नेपालको यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए। वार्तामा सहभागि एक सदस्यका अनुसार ओलीले ‘तपाईँको चाहना अनुसार मैले अधिकतम लचकता अपनाएको छु। अब केही गर्ने स्थिति छैन। तपाईँ निशर्त मलाई सहयोग गर्नुहोस्। हामीले यो विवादलाई लम्ब्याईराख्नु उचित हुन्न। पार्टी एकता मेरो पनि चाहना हो। तपाईँले जस्तै पार्टी टुक्राउँदै हिँड्न खोजेको छैन’ भनेका थिए ।

ओलीको यो भनाई र आफ्ना शर्त ठाडै अस्वीकार भएपनि नेता नेपाल वार्तास्थलबाट चुपचाप उठेको ति नेताले वताए । वार्ता स्थलवाट निस्केका नेपालले बाहिर सञ्चारकर्मीसँग पनि कुनै प्रतिक्रिया दिएनन्।

त्यसत प्रधानमन्त्री ओलीले पनि पत्रकारलाई प्रतिक्रिया दिएनन् । नेपालपक्षवा वार्तामा सहागि भएका नेता भिम रावल र सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक रहेको संक्षिप्त प्रतिक्रिया दिए ।

एकता प्रयास स्वरुप बिहीबार हुने कार्यदलको चौथो बैठकले सहमतिमा पुगेर ओली र नेपालबीच पुनः वार्ताको माहोल बनाउने नेताहरुले दाबी गरेका छन्। तर, पार्टी एकता ओलीको पदसँग जोडिन पुगेकाले अहिले नै कार्यदलको भनाईलाई सहजै विस्वास गरिहाल्न सक्ने अवस्था छैन ।

अध्यक्ष ओलीले यसअघि विवाद चुलिएका बेला गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी पुर्वमाओवादी नेताहरुसहितको कमिटीलाई केन्द्रीय कमिटी घोषणा गरेका छन्। त्यसपछि ओलीले उक्त कमिटीको बैठक बोलाएपछि नेपाल झनै असन्तुष्ट भएका थिए। ओलीले डाकेका पछिल्ला दुई वटा बैठकहरुले पनि विभिन्न निर्णयहरु गरेका छन्।

यी बैठकहरु र यीनका निर्णहरु अवैध भएको नेपाल पक्षको अडान छ। उनले यी बैठकहरु नराख्न ओलीसँग टिलोफोन आग्रह पनि गरेका थिए। ओलीले गत असार १९ गतेको बैठकबाट नेपाल पक्षलाई विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटमसमेत दिएका थिए। तर, नेपाल पक्षले उक्त अल्टिमेटमलाई वेवास्ता गरिदियो ।

अदालतलाई प्रभाव पर्नेगरी हस्ताक्षर फिर्ता नलिने अडान नेपालले लिए । अर्कोतर्फ पार्टीभित्र र बाहिरको विवाद थेग्न नसकेपछि ओलीले दोस्रो पटक विघटन गरेको संसद पुर्नस्थापनाका लागि परेका मुद्दामाथि सुनुवाई अन्तिम चरणमा पुगेको छ। सम्भवत यही असार २८ गते सर्वोच्च अदालतबाट यसको छिनोफानो हुनेछ।

त्यतिञ्जेल पार्टी एकता कुनै हालतमा गर्नुपर्ने मनस्थितिका साथ कार्यदलका सदस्यहरु दौढधूप गरेका छन्। अब ओलीले तत्काल कम्तिमा एक पद छोडे पार्टी एकता हुने नेपाल पक्षका सदस्यहरुको बुझाई छ। तर, ओलीले सहजै नेपालका सर्त मानिहाल्ने अवस्था भने देखिएको छैन ।

केपी शर्मा ओली माधवकुमार नेपाल कार्यदल होटल मेरियट

विशेष