News राजनीति

'ओलीले पार्टी एकता चाहेको हो भने प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनुपर्छ'

'ओलीले पार्टी एकता चाहेको हो भने प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनुपर्छ'

नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले वरिष्ठ नेता माधवकुमार नेपाल कुनै पनि हालतमा पार्टी टुक्रिन दिन हुँदैन भन्ने पक्षमा रहेको वताएका छन् ।

नेता नेपाल पक्षका नेता रिजालले सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो वताएका हुन् । ‘म वहाँसँग नियमित सम्पर्कमा छु, वहाँ पार्टी एकताको पक्षमा प्रतिवद्ध हुनुहुन्छ’ रिजालले भने–‘वहाँको सोच एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टीको एकता गर्नुपर्छ भन्ने छ।’

रिजालका अनुसार एमाले एकताका लागि केपी शर्मा ओलीले प्याकेजमै सहमति गर्नुपर्ने र ‘एक व्यक्ति एक पद’ को अवधारणालाई ब्यवहारमा देखाउनु पर्ने उनले वताएका छन् । 

कमजोर हुँदा सहमति गर्ने र बलियो वन्दै गएपछि कसैलाई नगन्ने ओलीको चरित्रकै कारण एमालेमा अहिलको अवस्था आएको वताएका रिजालले ओलीले अहिले पनि पार्टी  एकता भन्दा पनि आफु सुरक्षित हुन खोजिरहेको नेता नेपालले प्रष्ट वुझेको वताए ।

पार्टी जोगाउन नेपालले गरेको त्याग र समपर्णलाई ओलीले सधैं कमजोरी ठानेको रिजालको वुझाई छ। ‘ओलीले पार्टी एकता चाहेको हो भने त प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनु पर्यो नी’ उनले भने–‘विधि र पद्धति अनुसार पार्टी सञ्चालन गरे कुनै समस्या नै रहँदैन ।’

माधव नेपालले सधैंभरी निर्वाचित संरचना र विधानको कुरा गरेको वताएका रिजालले भने–‘वहँले न पार्टी अध्यक्ष माग्नु भएको छ, न त प्रधानमन्त्री माग्नु भएको छ। केवल ९औं महाधिवेशनबाट निर्वाचित पार्टीको संरचना माग गर्दा ठुलो कुरो भयो र ? यत्ति कुरा माग्दा कारवाही भोग्नु पर्ने  ?’
 

रामप्रसाद रिजाल माधवकुमार नेपाल केपी शर्मा ओली

विशेष