News

एमाले कार्यदलको वैठक स्थगित, साँझ ७ बजे फेरी बस्ने

एमाले कार्यदलको वैठक स्थगित, साँझ ७ बजे फेरी बस्ने

एमाले कार्यदलको विहिवार वसेको वैठक स्थगित भएको छ । अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठकलाई निष्कर्षमा पु¥याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित भएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । साँझ वस्ने वैठकले सकभर आजै निस्कर्ष निकाल्ने उनले वताए ।

विवादलाई सहमतिको निष्कर्षमा पु¥याउनका लागि संवाद जारी रहेको वताएका उनले त्यसैको निरन्तरताका लागि आजै साँझ ७ बजे वैठक वस्ने उनले वताए । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । भेटका क्रममा दुवैले आ–आफ्नो अडान राखेका थिए । नेता नेपालले राखेका दुई वटा सर्त अध्यक्ष ओलीलाई स्विकार्य नभएपछि वातास्थलवाट नेपाल वाहिरिएको जनाईएको छ ।
यो पनि

'ओलीले पार्टी एकता चाहेको हो भने प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनुपर्छ'

माधव नेपालका सर्त ठाडो अस्वीकार, ओलीले भने– तपाईँले जस्तो पार्टी टुक्र्याउँदै हिँड्ने म होईन

विशेष