News

कार्यदलको सकृयताले झाँक्रीलाई किन पोल्यो ?

कार्यदलको सकृयताले झाँक्रीलाई किन पोल्यो ?

नेकपा एमालेको विवाद समाधानका लागि कार्यदलतको सकृयता वढेपछि माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई तनाव सुरु भएको छ ।

झाँक्रीले सार्वजनिक गरेको प्रतिक्रियाले उनी पार्टी एकताको पक्षमा देखिएकी छैनन्। आफुहरु सरकार गठन गरेर विश्वासको मत लिने अन्तिम तयारीमा रहेकाले वार्ता तिर नलाग्न उनले सांकेतिक रुपमा सुझाव दिएकी छिन् ।

अव अदालतको फैसलापछि सरकार वन्ने र विश्वासको मत प्राप्त गर्ने प्रकृया मात्रै वाँकी रहेकाले जालझेलमा पर्न नहुने उनको सुझाव छ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट भएर प्रकृया समेत अघि वढेपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।

ट्वीटरमा उनले लेखेकी छिन्– ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।’

http://

 

 

एमाले कार्यदलको वैठक स्थगित, साँझ ७ बजे फेरी बस्ने

'ओलीले पार्टी एकता चाहेको हो भने प्रधानमन्त्री वा अध्यक्ष छोड्न तयार हुनुपर्छ'

माधव नेपालका सर्त ठाडो अस्वीकार, ओलीले भने– तपाईँले जस्तो पार्टी टुक्र्याउँदै हिँड्ने म होईन

केपी शर्मा ओली माधवकुमार नेपाल कार्यदल रामकुमारी झाँक्री

विशेष