News

खुश्बुसँगको टक्करले नराम्रोसँग फसिन ज्वाला, कुन-कुन मुद्दामा अनुसन्धान हुँदैछ?

खुश्बुसँगको टक्करले नराम्रोसँग फसिन ज्वाला, कुन-कुन मुद्दामा अनुसन्धान हुँदैछ?

सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी सामाजिक अभियान्ता ज्वाला संग्रौला युवा संघकी नेतृ खुश्बु घिमिरेसँगको टक्कले नराम्रोसँग फसेको आलोचकहरु बताउँछन् । 


आफ्नै साथी समेत रहेकी खुश्बु घिमिरेलाई सामूहिक कुटाई र अभद्र व्यवहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी उनीमाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौबाट अनुमति लिएको छ । 

सामाजिक अभियान्ता भनिएकी संग्रौलाको बारेमा प्रहरीले तिनवटा फरक फरक मुद्दाको बारेमा अनुसन्धान गर्ने भएको छ । अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंगभेदी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो । त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

२० दिनदेखि हिरासतमा रहेकी उनको मुद्दाको फाइल सम्भवतः आज अदालतमा पठाईंदै छ । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलाविरुद्ध मुद्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ ।

प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि पक्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।

हालसम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्रहरीले बटुलेको हो ।

अदालतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आरोपमा प्रहरी हिरासतमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।

ज्वाला संग्रौला खुश्बु घिमिरे

विशेष