News

ऐन महर विद्यार्थी बोकेर सडक प्रर्दशनमा, भन्छन् कुन नेता सरकारमा छ त्यो हेर्दैनौ 

ऐन महर विद्यार्थी बोकेर सडक प्रर्दशनमा, भन्छन् कुन नेता सरकारमा छ त्यो हेर्दैनौ 

प्रधानमन्त्रि केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट विद्यार्थी संगठनले शुक्रबार आर आर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष ऐन महरले जुनसुकै पार्टी सरकारमा गएता पनि त्यो नहेर्ने बताएकाछन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रि भएपनि आफुहरु सडकमा आएको उल्लेख गरेकाछन् । प्रदर्शनलाई सम्बोधन गर्दै उनि भन्छन्, 'हामी जुनसुकै पार्टी सरकारमा भएपनि त्यो हेर्दैनौ । हामी सडकमा आउछौँ त्यो विद्यार्थी आन्दोलनको चरित्र हो ।'


राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनेर ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्न अनेरास्ववियु सडकमा उत्रेको अध्यक्ष ऐन महरको भनाई छ ।

ऐन महर

विशेष