News

लोकतन्त्रमाथी हमला भएको भन्दै ऐन महर सडक प्रर्दशनमा 

लोकतन्त्रमाथी हमला भएको भन्दै ऐन महर सडक प्रर्दशनमा 

प्रधानमन्त्रि केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट विद्यार्थी संगठनले शुक्रबार आर आर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष ऐन महरले जुनसुकै पार्टी सरकारमा गएता पनि त्यो नहेर्ने बताएकाछन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रि भएपनि आफुहरु सडकमा आएको उल्लेख गरेकाछन् । प्रदर्शनलाई सम्बोधन गर्दै उनि भन्छन्, 'हामी जुनसुकै पार्टी सरकारमा भएपनि त्यो हेर्दैनौ । हामी सडकमा आउछौँ त्यो विद्यार्थी आन्दोलनको चरित्र हो ।'

महरले लोकतन्त्र र संविधानमाथि हमाला भएको समेत उद्घोष गरेकाछन् । प्रदर्शनका क्रममा बोल्दै उनले भने, 'फेरी अहिले लोकतन्त्रमाथि, संविधानमाथि हमला भएको छ । लोकतान्त्रिक गणतन्त्रमा सार्वभौम सम्पन्न जनता हुन्छ । तर आज जनताको सार्वभौमतालाई लात मारेर लोकतन्त्रका लागि लडेका शक्तिहरु पनि विदेशीको इशारामा चलेकाछन् ।'

सर्वाेच्च अदालतलाई लक्षित गर्दै महरले भन्छन्, 'लोकतन्त्रका लागि लडेका शक्तिहरु पनि विदेशीको इशारामा लोकतन्त्रलाई मारी रहेकाछन् र भनिरहेकाछन् लोकतन्त्रको रक्षा अदालतले गर्छ । तर हामी भनिरहेकाछौँ लोकतन्त्रको रक्षा ताजा जनादेशले गर्छ ।' 

राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनेर ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्न अनेरास्ववियु सडकमा उत्रेको अध्यक्ष ऐन महरको भनाई छ ।

ऐन महर

विशेष