News

एमालेको विवादमा सहमति भैसकेको छैन, छलफल जारी छ

एमालेको विवादमा सहमति भैसकेको छैन, छलफल जारी छ

एमाले बिबाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेपनि ठोस सहमति भैनसकेको कार्यदलका एक सदस्यले बताएका छन् । माधव नेपाल समूहका कार्यदलका सदस्य रघुजी पन्तले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलमा छलफल जारी रहेको र आजै पूर्णतामा पुर्याउने प्रयास भैरहेको जानकारी दिए ।

केही दिनयता लगातार छलफलमा जुटेका कार्यदलका सदस्यहरु आज मध्यान्हदेखि अर्थ मन्त्रालयमा छन् । बैठकबाट बाहिरिएका नेता पन्तले संचारकर्मीको जिज्ञासामा मस्यौदामाथि छलफल चलिरहेको बताएका हुन् ।

‘मस्यौदामा छलफल भयो । हामीलाई लागेको सुझाव दियौं । छलफल सकारात्मक भएको छ । सम्भव भएसम्म यसलाई आजै पूर्णतामा पुर्याउने प्रयास हुनेछ’, पन्तले भने ।

पार्टी एकतालाई प्रभावकारी ढंगले अघि बढाउन विभिन्न ढंगले छलफल भैरहेको बताउँदै पन्तले कार्यदलका सदस्यहरुले बुँदागत रुपमा सुझाव दिने र आफ्ना धारणा राख्ने क्रम चलिरहेको बताए ।

‘सबैले आ–आफ्ना धारणा राख्नुभएको छ । ती धारणा,भावना र बिचारहरुलाई केन्द्रमा राखेर सहमति जुटाउने प्रयास भैरहेको छ’, पन्तको भनाइ छ ।

कार्यदलले तयार गरेको मस्यौदालाई आवश्यक थपघट र परिमार्जन गरी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल सहमत भएपछि सार्वजनिक गरिने उनले बताए ।

पन्त बाहिरिए पनि कार्यदलको बैठक जारी छ ।
जनआस्था

कार्यदल रघुजी पन्त

विशेष