News

माधव नेपाल भन्छन्– सहमति गर्दा हस्ताक्षर फिर्तासँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ

माधव नेपाल भन्छन्– सहमति गर्दा हस्ताक्षर फिर्तासँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ

पार्टीको विवाद समाधान नजिक पुगेको र सहमतिएका वुँदा भोली सार्वजनिक गर्ने भन्दै कार्यदलले वताउँदै गर्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री वनाउन भएको हस्ताक्षर फिर्ता नहुने वताएका छन्।

अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै काम नहुने वताएका नेपालले वैमानी र धोका आफुवाट नहुने पनि प्रस्ट्याए । ‘हस्ताक्षर फिर्ता हुँदैन। अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन’ उनले भने–‘पार्टी एकताको लागि सहमति हुनसक्छ। तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन।’

हस्ताक्षर फिर्ता लिनु पर्ने भए प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने वताउँदै उनले भने–‘अदालतको विषयमा प्रवेश गर्न हामी चाहँदैनौं।’

एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरूले आफूहरू सहमतिको नजिक पुगेको दाबी गरेका छन् । प्रधामन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर गरेपछि पार्टी एकता घोषणा हुने उनीहरुको भनाई छ।

सहमतिका लागि ओली पक्षले कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ भने नेपाल पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ ।

माधव नेपाल समुहका युवा नेता रामप्रसाद रिजाल भन्छन्–‘वहाँको भनाई अनुसार अहिलेसम्म दुई पक्षविच सहमति भएको भन्नु गलत हो’ 

विशेष