News

सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह

सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गरेका छन् ।

नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न आज  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– “हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाएपो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।”  
 
कलाका जुनसकै विधाले पनि नेपालीको एकतामा नविनता र शान्तिको भावना प्रतिविम्बित हुनुपर्ने उहाँले बताए। । उनले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण(रेनासाँ) आवश्यक रहेको धारणा पनि उनको थियो । “हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवन यापनमै अलमलिएछौँ, पुस्तौँ गएछ”, उनले भने।
 
नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको भनाइ पनि उनको थियो । “पछाडी पर्न हुँदैनथ्यो परेछौँ । गरीब हुन मानेछौँ,  अनपढ हुन मानेछौँ”, उनले भने। उनले नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको बताए। “गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो”, उनले थपे। 

शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उनले भने– “राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उनको भनाइ थियो । साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना  नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांँख्य दर्शनसम्मको इतिहासले नेपाल ज्ञानभूमि भएको पुष्टीगर्ने भनाइ उनको थियो ।

वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उहाँले बताउनुभयो । दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकीरहेको विचार उनको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताए । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय कुप्रथा समेत चल्दै आएको समेत बताउनुभयो तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने समेत उनले बताए।
 
सम्बोधनका क्रममा प्रधानमन्त्रीले युग कवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । श्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताए।
 

विशेष