News अन्तरवार्ता भिडियो

माओवादी केन्द्र यसकारण अबैधानिकः पार्टी खारेज गर्न निवेदन दिने अधिवक्ताको खुलासा (भिडियो)

माओवादी केन्द्र यसकारण अबैधानिकः पार्टी खारेज गर्न निवेदन दिने अधिवक्ताको खुलासा (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कानून अनुसार अबैधानिक रहेको भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन पेश गरेकाछन् । उनका अनुसार माओवादी केन्द्रले समयमै अधिवेशन नगराएका कारण पार्टी नै अवैधानिक बन्न पुगेको हो । 


उनि भन्छन्, ‘२०७४ माग २६ गते नेकपा माओवादी केन्द्रले महाधिवेशन गरेको पाँच वर्ष पुरा भयो । त्यस अघि २०६९ मा माघ प्रथम महाधिवेशन आयोजना गरेको थियो । नेपालको संविधान २०७२ मा पाँच वर्षको समायावधि सकिए पश्चात विधानमा थप ६ महिना समय थप्न सकिने प्रावधान रहेको छ । माघ २६ देखि जेठ ३ मा आउँदा करिब चार महिना समाप्त भैइसकेको थियो । म माओवादी केन्द्रको समय कहिले सकिन्छ भनेर प्रतिक्षामा रहेको थिए । तर त्यहीबीचमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएर नेकपा बनिसकेपछि मैले त्यो फाईल त्यहीँ पल्टाएर राखे । जब २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा खारेज गरेपश्चात माओवादी केन्द्रको पुनः व्युतियो त्यसपछि उसले विधान अनुसार बाँकी रहेको २ महिनाको समयावधि भित्र अधिवेशन गनुर्प पर्थ्यो तर त्यो हुन सकेन । त्यसैले माओवादी केन्द्रको वैधानिकता समाप्त भएको ।’


यसैबीच माओवादी छाडेर एमालेमा गएका नेताहरू आज निर्वाचन आयोग गएकाछन् । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन् । नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका छन् । उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए ।

माओवादी केन्द्र अबैधानिक अधिवक्ता सरोज बुढाथोकी

विशेष